शुभेच्छा न्यूज
पोखरा । लायन्स क्लव अफ पोखरा पिस टाउनको आयोजनामा बृक्षरोपण एवं भुक्षय सम्बन्धि जनसचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं ११ र १२ को सिमानामा रहेको जयकोट सामुदायिक बनमा शनिवार रोपिएका बिरुवाहरुमा राईखनियो, तेजपात, रुद्राक्ष, लप्सी, चाप, पैयु लगाएतका रहेका क्लबका सचिव सिता तिमिल्सीनाले जानकारी दिईन ।
बिश्वमा बढ्दो पर्यावरणीय असन्तुलनलाई रोकथाम गर्ने लायन्स अन्तराष्ट्रिको अभियान अन्तरगत क्लवले विभिन्न प्रजातिका बिरुवा रोपिएको क्लबका अध्यक्ष डा विनिता कोईरालाले बताईन ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला बन कार्यालय कास्कीका बन अधिकृत केदार बरालले जयकोट सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर कार्कीलाई बिरुवा हस्तान्रण गर्दै वातावरणिय सन्तुलनलाई कायम राख्न लायन्सले गरेको बृक्षारोपण कार्यक्रम अत्यन्त महत्वपुर्ण रहेको बताए ।
प्रमुख प्रशिक्षक समेत रहेका बरालले भुक्षय हुनुको प्रमुख कारण पहिरोको रोकथाममा अपनाउनु पर्ने सजकता सम्बन्धि जनसचेतना गराएका थिए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बी१ नेपालका ईभालुसन डिपार्टमेन्ट चिफ तिर्थलाल श्रेष्ठले बिश्वमा बढ्दो वातावरणीण प्रदुषणलाई नियन्त्रण गर्न लायन्सले बृक्षारोेपण र सरसफाई अभियान चलाएर वातावरणको क्षेत्रमा काम गर्दै आएको बताए ।
क्लबका अध्यक्ष डा विनिता कोईराला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिजन चियरपर्सन कृष्ण आचार्य, जोन चियरपर्सनद्धय टंकराज अधिकारी लगायतले आ आफना भनाई राखेका थिए ।

Related