दुलेगौंडा । तनहुँको शुक्लागण्डकी वडा नं. ८ ढोरफिर्दी स्थित मुस्ताङ नयाँ बस्तिमा कालोपत्रे गरिएको सडकको उद्घाटन गरिएको छ ।
करिब ६ सय मिटरको कालोपत्रे बाटो शुक्लागण्डण्की नगरपालिका र स्थानीयहरुको लागत साझेदारीमा निर्माण सम्पन्न गरिएको हो ।
उक्त बाटोको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले उक्त योजना नगरभित्रका नमुना योजना मध्येको एक भएको बताए ।
उनले समयानुकुल शिक्षा, स्वास्थ्य, खानेपानी र अन्य भौतिक पूर्वाधारहरुको विकास गर्दै नगरवासीको आवश्यकता पुरा गर्न लागिपरेको बताएका थिए ।
वडा नं. ८ भित्रका मुस्ताङ् बस्ति सहितका अन्य अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन प्रदेश र केन्द्र सरकारसंग समन्वय गरी समाधानको प्रयास गर्ने मेयर गुरुङले बताए ।
कार्यक्रममा शुक्लागण्डकी वडा नं. -८ का वडा अध्यक्ष कृष्ण रेग्मीले ठेक्का तथा टेण्डर आह्वान गरेर निर्माण गरिएको भन्दा उपभोक्ताहरुका सहभागितामा निर्माण गरिएको बाटो गुणस्तरीय रहेको दाबी गरे ।

Related