• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश बन्यो ‘पूर्णखोप’ सुनिश्चित प्रदेश

  •      /१३ भाद्र २०७५, बुधबार १६:१५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा।गण्डकी प्रदेशलाई नेपालको पहिलो पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । सामाजिक विकास मन्त्रालयले बुधबार आयोजना गरेको कार्यक्रममा नेपालका ७ प्रदेशमध्ये पहिलो पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।

    प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका १६ देखि २३ महिनासम्मका ३५ हजार ८ सय ४२ बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चित गरिएको छ । राष्ट्रिय खोप तालिका बमोजिम ती बाल बालिकाले १५ महिना भित्र पाउन पर्ने सबै खोप पाइसकेकाले गण्डकी प्रदेशलाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको मन्त्रालयले जनाएको छ।।
    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिवद्धतापत्रमा हस्तास्क्षर गरी पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरे । उनले आगामी दिनमा कुनै पनि अवस्था र परिस्थितिमा कुनै पनि बाल बालिका कुनै खोप लिनबाट बञ्चित नहुने प्रतिवद्धता जनाए ।

    ‘प्रदेश सरकार श्रोत र साधन, श्रम तथा सिपको प्रयोग अत्यधिक गरेर स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षा र सामाजिक न्याय लगायतका धेरै क्षेत्रमा पहिलो बन्न चाहान्छ,’ उनले भने, ‘आर्थिक समृद्धि र दिगो विकासमा ध्यान दिएर प्रदेशहरु बिचको प्रतिस्पर्धामा गण्डकी प्रदेश अब्बल बन्ने छ ।’

    पूर्णखोप सुनिश्चितताको दिगोपनाका लागि प्रदेश सरकारले दक्ष जनशक्ति, सूचना प्रणाली व्यवस्थापन र प्रविधियुक्त खोप सेवाको लागि अतिरिक्त खर्चको व्यवस्थापन गर्ने जानकारी दिँदै मुख्यमन्त्री गुरुङले सरकारले २ करोड खोप कोष गरेको बताए ।

    प्रदेशमा १ हजार ७ सय ७० खोपकेन्द्र १ हजार ४ सय १६ गाउँघर क्लिनिकमा ५ हजार ९ सय ३९ महिला स्वास्थ्य स्वयं सेवी कार्यरत छन ।

    प्रति बच्चा खोपको लागि मात्र ५ हजार रुपैयाँ लाग्ने र अन्य प्रशासनिक खर्च समेत जोड्दा लगभग ३० हजार रुपैयाँ लाग्ने जानकारी दिदै उनले गण्डकी प्रदेशका लक्षित बाल बालिकाहरुलाई पूर्णखोप सुनिश्चित गर्न वार्षिक १ अर्ब ७० करोड लाग्ने बताए । उनले राष्ट्रिय खोप कार्यक्रमको तेश्रो वृहत वहुवर्षिय योजनाले २०१७ देखि २०२१सम्ममा नेपाललाई खोपबाट बचाउन सकिने रोगहरुबाट मुक्त देश बनाउने परिकल्पना गरेको छ ।s

    spacekhabar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.