सामाजिक परिचालकको आन्दोलनमाथी प्रहरीको हस्तक्षेप, तीन जना घाइते
/१४ भाद्र २०७५, बिहीबार ०३:१९ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा।गण्डकी प्रदेशका सामाजिक परिचालकमाथी बुधबार प्रहरीले हस्तक्षेप गर्दा ३ जना सामाजिक परिचालक घाईते भएका छन् ।
पुर्नवहालीको माग राख्दै १८ दिनदेखि आन्दोलन गरिरहेका सामाजिक परिचालकमाथी मुख्यमन्त्रीको कार्यालय प्रवेशद्धार मै लाठीचार्ज गरिएको हो ।
प्रहरी लाठी र बुटले हानेको सामाजिक परिचालकहरुले बताएका छन् । प्रहरी कुटाईबाट सामाजिक परिचालक संघ गण्डकीकी सचिव भावना श्रेष्ठ, कास्कीकी संगीता भण्डारी र पर्वतकी सचिनाकुमारी शर्मा बढी घाईते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेकोले गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।
स्थानीय सरकारहरुले आफुँहरुसँग आवश्यक आर्थिक श्रोत नभएको भन्दै सामाजिक परिचालकलाई राख्न नसक्ने बताएका छन् ।

Related