• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

राष्ट्रिय खेलकुद परिषदको बार्षिकोत्सबमा व्याडमिन्टन प्रतियोगिता

  •      /१६ भाद्र २०७५, शनिबार १५:१९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूजा
    पोखरा । राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सबको अवसरमा कास्की जिल्ला खेलकुद कर्मचारी संघ द्वारा आयोजित गण्डकी प्रदेश स्तरीय अन्तर सरकारी कार्यालय संस्थान÷कर्मचारी व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

    प्रतियोगितामा पुरुष डबल्स तर्फ शिक्षा बिकास समन्वय कार्यालय नवलपुरका दिपेन्द्र ढकाल र महेश्वर नेपालको जोडीले प्रथम स्थान हासिल गरेको छ । फाइनल खेलमा पोखरा महानगरको जोडी छबिलाल शर्मा र नेत्र तिमिल्सिनाको जोडीले दोश्रो स्थान हासिल गरेको थियो।

    यसैगरि गण्डकी प्रदेश उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका नारायण बहादुर थापा र कृष्ण बहादुर भण्डारी तथा शसस्त्र प्रहरी गणका विर वहादुर कुलामी र प्रल्हाद बोहोराको जोडी तेश्रो भएको छ ।

    यसै गरि महिला एकल तर्फ पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीकी माया गुरुङ प्रथम, विद्युत प्राधिकरणकी यम कुमारी गुरुङ द्वितिय, जिल्ला प्रशासन कार्यालय कास्कीकी तेज कुमारी गुरुङ घले तथा प्रदेश सभा सचिवालयकी शारदा बराल वाग्ले तेश्रो भइन ।

    पुरुष एकल तर्फ सिंचाइ कार्यालय पोखराका रेशम आले मगर प्रथम, शिक्षा विकास नवलपुरका महेश्वर नेपाल द्वितिय, जिल्ला प्रशासन कार्यलय कास्कीका केशर बहादुर राय मल्ल तथा सोही कार्यालयका शुसिल घिमिरे तृतिय भए ।

    कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका तालिम विभाग उपनिर्देशक तथा भलिवल प्रशिक्षक बलराम क्षेत्रीलाई वर्ष उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको थियो ।

    कार्यक्रममा पोखरा महानगरका प्रमुख मान बहादुर जिशीले परिषदको ५५ औं वार्षिकोत्सवको केक काटेका थिए । कार्यक्रममा गण्डकी प्रदेश सांसद द्वय मोहन रेग्मी र दिपक कोइरालाले प्रदेश सरकारले खेलकुदको बिकासका लागि प्रतिवद्ध रहेको जनाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.