• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालीहरुको घुसदिन खुशी हुने करतिर्न विरोध गर्ने प्रवृत्ती गलत : अर्थमन्त्री गुरुङ

  •      /१८ भाद्र २०७५, सोमबार १०:२४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नेपाली समाजमा घुस दिन खुशी हुने र कर तिर्न बिरोघ गर्ने गतल प्रवृत्ती बढेको बताएका छन्।

    “नेपालीले घुस दिन पर्यो भने खुसीसाथ दिन्छन् तर कर तिर्नपर्दा विरोध गर्छन्” गुरुङले भने, “यस्तो गतल प्रवृत्ति त्याग्न जरुरी छ ।”

    मन्त्रालयले तनहुँका स्थानीय तहको बजेट कार्यान्वयन सम्बन्धमा शनिबार दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री गुरुङले नेपालीहरूमा कर तिर्नुपर्छ भन्ने भावना पूर्ण रूपमा विकास भइनसकेको बताए ।

    “केही काम गराउन पर्यो भने कर्मचारीलाई खुशी साथ घुस दिने अनि कर चाँही छल्न पाए हुन्थ्यो भन्ने मानसिकता कायमै छ,” उनको भनाई थियो, “यस्ता प्रवृत्ति नत्यागेसम्म देश समृद्ध हुन सक्दैन ।”

    मन्त्री गुरुङले अहिले अनावश्यक ढंगबाट करको विरोध भइरहेको भन्दै कर तिर्ने बानी विकास नभएसम्म समृद्धिको कुरा गर्नु बेकार हुने बताए । “करमा तलमाथि भएको छ भने सच्याउदै अघि बढ्ने हो,” उनले भने, “तर सबै करको दायरामा आउनैपर्छ ।” कर वैज्ञानिक हुनुपर्नेमा आफू पनि दृढ रहेको भन्दै मन्त्री गुरुङले कर तिरेपछि मात्रै सच्चा नागरिक भइने बताए ।

    अहिले सरकारको विरुद्ध विरोधका निम्ति विरोध मात्रै भइरहेको भन्दै उनले त्यस्ता विरोधहरूलाई चिर्न जनप्रतिनिधिहरूले काम गरेर देखाउनुपर्ने बताए ।

    “स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार विरुद्ध विरोधका लागि विरोध भइरहेको छ,” उनले भने, “यसलाई जनप्रतिनिधिको कामले चिर्दै अगाडि बढ्नुपर्छ ।” मन्त्री गुरुङले संघीयता कार्यान्वयनको चरणमा रहेको र अहिल्यै नतिजा प्राप्त गर्न नसिकने भन्दै परिणाम खोज्ने बेला नभएको समेत बताए ।

    विश्वका देशहरू करको कारणले नै समृद्ध बनेको चर्चा गर्दै गुरुङले करलाई बोझको रूपमा नभई कर्तव्यको रूपमा लिनुपर्ने बताए । १८ वर्ष उमेर पुगेका सबै नागरिक उत्पादनशील काममा लाग्नैपर्ने र सबैले कर तिर्नुपर्ने उनको भनाई छ । “कर बोझ होइन, सबैले कर तिनैपर्छ । तबमात्र मुलुक समृद्ध बन्न सक्छ ।”

    स्थानीय तहका जनप्रतिनिधिमा अहिले ठूलो दायित्व रहेको भन्दै उनले जनताका सबै आवश्यकता पूरा गर्न लाग्नुपर्नेमा जोड दिए । सिंहदरवारका अधिकार गाउँ–गाउँमा पुराञउन तीन वटै सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा उनको जोड थियो ।

    gaunsahar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.