फोर्ब्सले सार्वजनिक गरेको सूचीमा नेपालका १० धनाढ्य थपिए
/१९ भाद्र २०७५, मंगलवार ०६:०१ , प्रकाशीत
फोर्ब्सले नेपालका १० धनाढ्यहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा अर्बपति विनोद चौधरी देखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्म परेका छन् । यहाँ हामीले सोही सूचीमा अटाएका नेपालीहरुबारे जानकारी प्रस्तुत गरेका छौं ।
१. विनोद चौधरी
फोर्ब्सले सार्वजनिक गरेको सूचीको पहिलो नम्बरमा नेपालका एक मात्रै डलर अर्बपछि विनोद चौधरी रहेका छन् । नेपाली कांग्रेसबाट समानुपातिक सांसद समेत बनेका उनको सम्पत्ति १.६ बिलियन डलर सम्पत्ति छ । उनी चौधरी ग्रुपका अध्यक्ष हुन् । उनका देश र देश बाहिर गरेर ८० कम्पनी संचालनमा छन् ।
२. शेष घले
गैर आवासीय नेपाली एसोसिएसन (एनआरएनए) का निवर्तमान अध्यक्ष शेष घले नेपालको दोस्रो धनी व्यक्तिको सूचीमा परेका छन् । उनीसँग ४ सय
१० मिलियन डलर सम्पत्ति छ । घले मेलबर्न टेक्नोलजी इन्स्टिच्युटका सिइओ हुन् ।
३. उपेन्द्र महतो
उपेन्द्र महतोको वोरोनिशमा एक टेलिभिजन कम्पनी छ, उनी त्यसका मालिक हुन् । जसले हरेक वर्ष एक लाख सेट बनाउँछ । महतो इलेक्ट्रोनिक्स, तेल, भारी मसिनरी र बैंकिङ क्षेत्रमा आफ्नो व्यापार विस्तार गर्दै आएका छन् । उनीसँग अहिले ३ सय ६० मिलियन डलर सम्पत्ति छ ।
४. अजय सुमार्गी
व्यावसायी अजय सुमार्गी सूचीको ४ नम्बरमा छन् । सुमार्गी एक मिडिया मालिक पनि हुन् । हालका नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग उच्च राजनीतिक सम्बन्धका कारण पनि उनी सफल उद्यमी बन्न सकेको रिपोर्टमा उल्लेख छ । उनको मुक्ति श्री एक निजी कम्पनी छ । उनीसँग तत्काल २ सय मिलियन बराबर सम्पत्ति छ ।
५. आदित्य झा
नेपालको पाँचौं धनाढ्यको सूचीमा आदित्य झा परेका छन् । जनकपुरमा जन्मिएका हुन् झा । उनलाई एक क्यानेडियन उद्यमी, सामाजिक कार्यकर्ता र दर्शनवादीका रुपमा चिनिन्छन । उनीसँग १ सय मिलियन डलर छ ।
६. जीवा लामिछाने
विदेशमा व्यावसाय गर्दै आएका जीवा लामिछाने धनाढ्य सूचीको ६ नम्बरमा परेका छन् । उनीसँग ९२ मिलियन डलर रहेको फोर्ब्स १० ले उल्लेख गरेको छ । उनी रसियामा रही टिभी निर्माण कम्पनीको व्यवसाय गर्दै आएका छन् । उनले रसियामा नै सामसुङ, सोनी र एलजी कम्पनीमा समेत माथिल्लो पदमा बसेर काम गरिसकेका छन् ।
७. पशुपतिशम्शेर राणा
धनाढ्यको सूचीमा नेता पशुपति शमशेर राणा सातौं नम्बरमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष रहेका उनी यातायात, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भइसकेका छन् । जलस्रोत, आपूर्ति, सूचना, पञ्चायत तथा स्थानीय विकास, अर्थ, परराष्ट्र मन्त्री पनि उनले सम्हालिसकेका छन् । राणासँग ८४ मिलियन डलर रहेको छ ।
८. बलराम चाइनराई
उनी नेपालको आठौं धनी व्यक्तिको सूचीमा छन् । उनीसँग ७० मिलियन डलर छ । उनी हङकङमा रहेर व्यवसायमा संलग्न छन् । उनले घरजग्गा र विद्युत कम्पनीको व्यवसाय गर्दै आएका छन् । उनी ओखलढुंगा निवासी हुन् ।
९. राजेन्द्र खेतान
सार्वजनिक गरेको रिपोर्टमा नवौं धनाढ्यको सूचीमा व्यावसायी राजेन्द्र खेतान रहेका छन् । खेतान परिवारले एक शताब्दी अगाडिदेखि नेपालमा व्यवसाय गर्दै आएको छ । राजेन्द्र खेतानको मात्रै १३ वटा कम्पनी छन् । खेतान लक्ष्मी बैंक र प्राइम लाइफ जीवन बीमाको कम्पनीका अध्यक्ष पनि हुन् । उनीसँग ६२ मिलियन डलर रहेको छ ।
१०. ज्ञानेन्द्र शाह
सूचीमा पूर्वराजा ज्ञानेन्द्र १० औं नम्बरमा परेका छन् । २००१ देखि २००८ सम्म नेपालका राजाको रूपमा शासन गरेका शाहले १७ वटा उद्यम र कम्पनीमा साझेदारी गरेको फोर्ब्सले जनाएको छ । नेपालका सबैभन्दा धनी मानिसमध्ये उनी पनि एक हुन् । उनसँग ५८ मिलियिन डलर सम्पत्ति भएको रिपोर्टमा उल्लेख छ ।
एजेन्सी

Related