• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एशियाड पदक विजेतालाई गृहनगरमा भव्य स्वागत

  •      /१९ भाद्र २०७५, मंगलवार १४:३४ ,  प्रकाशीत
  • पोखरा / तीन दिनअघि मात्रै स्वदेश झरेको एशियाडमा पदक विजेता प्याराग्लाइडिङ टिमलाई मंगलबार पोखरामा भव्य स्वागत गरियो । विहान साढे ११ बजे पोखरा विमानस्थलमा अवतरण भएका पदक विजेता खेलाडीलाई बजार परिक्रमासहित नागरिक अभिनन्दन गराई पोखरा रंगशालाको कभर्ड हलमा सम्मान गरिएको थियो ।

    इण्डोनेसियामा आयोजित १८ औ एशियाली खेलकुद प्रतियोगितामा नेपालले २० वर्षपछि ऐतिहासिक रजत पदक जितेको थियो । पहिलोपटक सहभागिता गराइएको खेल प्याराग्लाइडिङबाट ऐतिहासिक पदक जित्ने पोखरेली पाईलटलाई घरेलु शहरमा अस्विमरणीयरुपमा स्वागत गरिएको थियो ।

    स्वागतमा खेलकुदकर्मीसँगै प्याराग्लाइडिङ पाईलट खेलकुद क्लब, पर्यटन व्यवसायी, विभिन्न संघका खेलाडी तथा पदाधिकारीहरुको उपस्थिति थियो । एशियाडमा क्रसकन्ट्री पुरुष टिम इभेण्टमा सहभागी विमल अधिकारी, युकेश गुरुङ, विशाल थापा, शुशिल गुरुङ र विजय गौतमले रजत पदक जितेका हुन् ।

    पोखरा रंगशालामा एक दर्जन संघसंस्थाले नगदसहित सम्मानपत्रबाट सम्मानित गरेका थिए । जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले दोसल्ला ओढाई सम्मान गरेपछि भुपु खेलाडी मन्च नेपालले प्याराईडिङ टिमलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गर्यो ।

    मन्चका अध्यक्ष तेजबहादुर गुरुङले नगदसहित सम्मान व्यक्त गरेका थिए । उनी लगत्तै राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य राजेश गुरुङले पदक विजेता खेलाडीलाई जनही १०–१० हजार रुपैयाँ नगद हस्तान्तरण गरे । पुरुष टिमसँगै प्याराग्लाईडिङ महिला टोलीलाई पनि सम्मान गरिएको थियो ।

    प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानोबावु सुनुवार र व्यवस्थापक शैलेन्द्र रावतलाई समेत सम्मान गरिएको थियो । महिला खेलाडीहरुमा त्रिशा श्रेष्ठ,प्रतिभा भुजेल र सविता तामाङ थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.