शुभेच्छा न्यूज
पर्वत । पर्वतको फलेवासबाट राजधानी काठमाण्डौ जाने सिधा रात्री बससेवा शुरु भएको छ । सोमवारदेखि फलेवासनगरपालिका वडा नं. ६ देविस्थान स्थित ढिकदेखि काठमाण्डौका लागि रात्रीकालिन बस सेवाको फलेवास नगरपालिकाका प्रमुख पदम पाणी शर्माले सुभारम्भ गरेका हुन्।
धौलागिरि यातायात व्यावसायी समिति र पर्वत यातायात व्यावसायी समितिको संयुक्त पहलमा फलेवासदेखि बस सेवा शुरु गरिएको हो ।
बस सेवाको सुभारम्भ गर्दे नगरप्रमुख शर्माले फलेवासनगरपालिका साथै छिमेकी जिल्ला बागलुङको जैमिनि नगरपालिकाका बासिन्दाहरुको सहजताका लागि रात्री सेवा शुरु गरेकोमा यातायात समितिलाई धन्यवाद व्यक्त गरे । उनले दोविल्ला फलेवास सडक स्तरोन्नतीका लागि आवश्यक पहल गर्ने बताए।
वर्षायाममा फलेवास–दोविल्ला सडक हुँदै रात्री वस संचालन भएपनि हिउँद लागेपछि फलेवासदेखि फलेवास–शंकरपोखरी–कार्किनेटा–नौडाँडा हुँदै संचालन गरिने योजना रहेको नगरप्रमुख शर्माले जानकारी दिए।

Related