• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालबाट बङ्गलादेशले ९ हजार मेगावाट बिजुली खरिद गर्ने

  •      /२१ भाद्र २०७५, बिहीबार १५:३६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । बङ्गलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङ्गलादेशले यस्तो योजना सार्वजनिक गरेको हो ।

    उसले २०४० भित्र ९ हजार मेगावाट नेपालबाट बिजुली खरिद गर्ने योजना अघि सारेको हो । बङगलादेशको पावर, उर्जा र मिनरल रिसोर्स मन्त्रालय अन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट बिजुली आयात गर्ने उल्लेख छ ।

    ढाकामा  बिहिबारबाट सुरु भएको पावर एण्ड इनर्जी विक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बङगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुली आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने दाबी गरिन् ।

    उनले भनिन्ः ‘नेपाल र भुटानबाट विजुली आयात गर्ने हाम्रो कोशिस जारी छ,नेपालसग यसैलाई मद्दत पुग्ने गरी हामीले गत महिना एमओयुमा हस्ताक्षर गरिसकेका छौं ।’ उनले बङगलादेश, भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने जानकारी समेत दिइन् ।

    नेपाल र बङगलादेशबीच गत १० अगस्टमा इनर्जी को–अपरेशनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपालका उर्जामन्त्री बर्षमान पुन र बङगलादेशका उर्जामन्त्री नसरुल हमिदले उक्त समझदारीमा हस्ताक्षर गरेका थिए ।

    उर्जामन्त्री पुनले नेपालमा उत्पादित बिजुलीको लागि बजारको समस्या नपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आएका छन् ।

    उर्जामन्त्री पुनले आगामी १० बर्षमा नेपालले १५ हजार विद्युत उत्पादन गर्ने सरकारको योजना रहेकोे भन्दै आफुहरुले बङ्गलादेशमा विद्यूत निर्यात गर्न तयार रहेको धारणा राखे । ‘हामी १० बर्षमा १५ हजार विजुली उत्पादन गरिसक्छौ, त्यसमा ५ हजार विजुली बङगलादेशलाई बेच्न हामीलाई समस्या हुंदैन् ।’ मन्त्री पुनले भने ।

    बङगलादेशको तीनदिने भ्रमणका क्रममा ढाका पुगेका मन्त्री पुनले उर्जा र जलविद्युत क्षेत्रमा गर्ने सहकार्यबारे शुक्रबार आफ्ना समकक्षीसग द्धिपक्षीय वार्ता गर्दैछन् ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.