• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा उद्योग बाणिज्य संघमा प्रजुको तर्फबाट १७ सदस्सिय प्यानल सार्बजनिक

  •      /२१ भाद्र २०७५, बिहीबार १६:०० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आउँदो असोजको ५ र ६ गते हुने ३२ औँ महाधिवेशनमा रविन्सन प्रजुको नेतृत्वमा प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन । प्रजुले विहीवार पत्रकार सम्मेलन गरी प्यानल सहित उम्मेदवारी  घोषणा गरेका हुन् ।

    नयाँ कार्यसमिति गठनको लागि प्यानल सहित  चुनावी मैदानमा जुटेको अध्यक्षका प्रत्यासि प्रजुले बताए । उनले भने “ हामीले संघको गरिमा बढाउने गरी सहमतीबाटै अघि जान खोज्दा  खोज्दै  सामाजिक संजाल मार्फत एकाएक उमेदवारीको घोषणा भएपछी हामीहरु पनि चुनावी मैदानमा उत्रिन  बाध्य भएका हौं । ”

    पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहेका प्रजुले जनसेवा र व्यवसायीक सेवामा आफु कटिवद्ध भएर लाग्ने बताए । सर्वसम्मतबाट आफुहरु जान चाहदा  चाहाँदै सहमती भाडिएकोले अब पुनः सहमति हुने सम्भावना न्यून रहेको समेत प्रजुले जनाए । प्रजु नेपाली कागेंसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

    प्रत्यासि प्रजुले  सरकारले ल्याउने निती, कार्यक्रम, कर प्रणाली बिरुद्ध निरन्तर सघर्ष र आवाज र दवाव सृजना गर्ने, पोखरामा निमार्णाधिन अबस्थामा रहेको क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल समयमै निमार्ण कार्य सम्पन्न गर्नको लागि खबरदारी गर्ने, पोखरा क्षेत्रको सुरक्षाको लागि नगरभित्र सिसि क्यामरा जडान गर्ने अभियान नै संचालन गर्ने लगायतका  २२ बुंदे प्रतिवद्धक्ता व्यत्त गरेका छन।

    अध्यक्षका प्रत्यासी प्रजुको प्यानलमा बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग तर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, बाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे, उप महासचिवमा चिनु गुरुङ रहेका छन। त्यसै गरी सदस्यहरुमा बलराम बराल, केशब बहादुर खत्री, दिनेश चन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिवल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारी रहेका छन।

    अध्यक्षका अर्का प्रत्यासी दामु अधिकारीले आफ्नो प्यानल सहित केहि दिन अघि उम्मेदावरी घोषणा गरेका थिए । संघका महासचिव समेत रहेका अधिकारीले समेत आफुहरु व्यवसायिक ढंगले समावेसी भएको दाबी गर्दै १७ सदस्य टिमको उम्मेदवारीको घोषणा गरेका हुन।

    अधिकारीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल, उपमहासचिवमा सीता बराल, कार्यसमिति सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल रहेकाछन। अधिकारी बामपन्थी र प्रजु लोकतान्त्रिक प्यानलमा मैदानमा उत्रिएका हुन।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.