• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओली सरकारलाई दवाब दिन पोखरामा जम्मा भएका सातै प्रदेशका मुख्यमन्त्रीको भेला सुरु

  •      /२१ भाद्र २०७५, बिहीबार ०५:२० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा। सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला सुरु भएको हो । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाहेक सबै उपस्थित छन् ।

    सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गर्ने छन् ।

    अन्तर प्रदेश परिषदको बैठकको पूर्वसन्ध्यामा पोखरामा भइरहेको यो भेलालाई महत्वपूर्ण रुपमा लिइएको छ । यही २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा परिषदको बैठक बस्दैछ । परिषदको बैठकमा सातै प्रदेशका सामूहिक एजेन्डा बनाउन भेलामा छलफल सुरु भएको छ ।

    सातै प्रदेशका मुख्यमन्त्री एक स्वर बनाएर परिषदको बैठकमा प्रस्तुत हुन भेलाले एजेन्डा तयार पार्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

    अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकार अनुदार बनेको प्रदेशका मुख्यमन्त्रीहरुले बताइरहेका छन् । प्रदेश सरकारलाई अधिकार दिने विषयमा संघीय सरकारले कन्जुस्याइँ गर्दा बजेट कार्यान्वयनमै समस्या भएको गुरुङले बताउँदै आएका छन् ।

    भेलालाई स्वागत गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशले गति लिओस् भन्ने चाहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र नयाँ अभ्यास बनिरहेको अवस्थामा सुरु भएको भेलाबाट प्रदेशका अपेक्षा पूरा गर्न आधार तयार पार्ने उनले बताए । अग्रगामी संविधान कार्यान्वयनमा मुख्यमन्त्रीहरुको भेलाले सम्बोधन गर्ने छ । भेलामार्फत प्रदेशको गतिको सुरु हुने उनको विश्वास छ ।
    hamroeconomy

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.