• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा ५ बर्षमा देखिनेगरी काम हुन्छ

  •      /२१ भाद्र २०७५, बिहीबार ०६:३७ ,  प्रकाशीत
  •  

     

    किरण गुरुङ
    अर्थमन्त्री
    गण्डकी प्रदेश

    मुलुक सङ्घीयता गएपछि प्रदेश सरकार गठन भएको धेरै भएको छैन । जिम्मेवारी प्राप्त भएपछि २०७५÷७६ को बजेट पारित भएको छ । गत साउनबाट कार्यान्वयनमा पनि आइसकेको छ ।

    बजेट कार्यान्वयनको १ महीना मात्र भएको छ । १ महीनामै समीक्षा गर्न सकिने अवस्था हुँदैन । सङ्घीयता आइसकेपछि स्थानीय तहको निर्वाचन भएको पनि करीब १६ महीना भइसकेको छ ।

    स्थानीय तहका प्रतिनिधिले जनताले सरकारलाई घरघरमा महसूस गर्ने गरी काम गरिरहेको छ भन्ने मलाई लाग्छ । पहिला विकासका लागि मन्त्री तथा नेताका घरघरमा पुग्नुपर्ने बाध्यता थियो । अहिले आफ्नै घरआँगनमा भएको स्थानीय सरकारमार्फत जनताले काम गर्नसक्ने अवस्था छ । यो अधिकार प्राप्त गर्नु पनि ठूलो कुरा हो ।

    अहिले सङ्घीयताको संरचना निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने जिम्मा प्रदेश सरकारको काँधमा छ । प्रदेश सरकार शून्य तहबाट शुरू भएको छ । केन्द्रको एउटा संरचनालाई नै सङ्घमा परिवर्तन गरिएको छ ।

    स्थानीय तहमा पनि स्थानीय निकाय थिए, त्यसमा केही परिवर्तन गरिएको छ । हामीलाई आवश्यक पर्ने कानून र कार्यविधि निर्माण गरेर प्रदेशको कामलाई अगाडि बढाएका छौं । हामीले बजेट, नीति तथा कार्यक्रम ल्याएका छौं । हामी देशमा ५ वर्षमा परिणाम देखिने गरेर काम गरिरेहका छौं ।

    यस वर्षको अन्त्यसम्ममै केही परिणाम देखिनेछ । हामीले ३ वर्षे खर्च संरचनाको योजना बनाएका छौं । अहिलेसम्म हामीले राजस्व सङ्कलन गरेका छैनौं ।

    कहाँबाट कसरी राजस्व सङ्कलन गर्न सक्छौं भनेर हामी स्रोत खोजिरहेका छौं । अहिलेको बजेट जुन छ, त्यो स्वाभाविक रूपले सानो छ । सानै बजेट भए पनि आर्थिक गतिविधिको हिसाबले त्यसलाई अगाडि बढाउने हो भने सानो बजेटले पनि धेरै काम गर्न सकिन्छ ।

    दीर्घकालीन रूपमा हेर्ने हो भने पर्यटन व्यवसाय नै गण्डकी प्रदेशको समृद्धिको आधार हो । हामीले यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छौं भने दोस्रोमा जलस्रोत ऊर्जा र तेस्रोमा कृषि तथा उद्योगलाई राखेका छौं ।

    शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रलाई पनि त्यति नै महŒवका साथ राखेका छौं । हामीले यी सबै कुरालाई ध्यानमा राखेर सडक, बिजुली, खानेपानीलगायत भौतिक पूर्वाधार निर्माणमा जोड दिएका छौं ।

    अहिलेको बजेटमा कम्तीमा दुई तिहाइभन्दा धेरै पूँजीगत खर्च छुट्याएका छौं । प्रदेशमा पूँजीगत विनियोजन गरिएको बजेटको पनि करीब ६० प्रतिशत भौतिक पूर्वाधार निर्माणका लागि खर्च गरिनेछ ।

    अहिले मिडिया क्षेत्रमा अनावश्यक कर उठाइएको भनेर प्रचार गरिएको छ, त्यो गलत हो । कुनै पनि कर दोहोरो हुँदैन । वित्तीय ऐन छ । हामी त्यसैअनुसार चल्ने हो । हाम्रो सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूचीका अधिकार क्षेत्र छन् । त्यहाँ दोहोरो कर नहोस् भनेर हामीले एकद्वार प्रणाली अपनाउने कुरा गरेका छौं ।

    त्यसलाई बाँडफाँट गर्ने सिद्धान्त बनाएका छौं । सङ्घले कर उठाउने हो भने प्रदेश र स्थानीय तहलाई कति दिने त्यसैअनुसार कानून बनाएर छुट्याएका छौं । प्रदेशमा कर उठ्छ भने प्रदेशमा कति राख्ने स्थानीय तहमा कति दिने त्यो नियम बनाएका छौं । गण्डकी प्रदेशमा पहिला जेजस्ता कर लाग्थे, त्योभन्दा धेरै कर लिइएको छैन ।

    जन्म, मृत्यु दर्ताको कर लिइएको छ भनिएको छ, यो गलत हो । यी निःशुल्क हुन्छन् । तर, यसमा नियम छ । ३५ दिन कट्यो भने जरिबानाचाहिँ हुन्छ, त्यो पनि ५० रुपैयाँ मात्र छ ।

    एकीकृत सम्पत्ति कर पनि बढाइएको छैन । मालपोतको मूल्याङ्कन बढेकाले त्यसमा असर परेको हो । पहिला एकीकृत सम्पत्ति कर भनिन्थ्यो, त्यसमा केही त्रुटि देखिएकाले अहिलेको आर्थिक ऐनमा त्यसलाई सम्पत्ति कर मात्र भनिएको छ । सङ्घीय सरकारले ल्याएको बजेट ठीक छ ।

    अर्थमन्त्री पहिला राजस्व सङ्कलनतिर लाग्नुपर्छ । पहिला राजस्व सङ्कलनतर्फ भन्दा पनि पैसा बाँड्नेतर्फ ध्यान दिइन्थ्यो । लोकप्रिय हुन बाँडिन्थ्यो । सरकार पनि अस्थिर थियो ।

    लोकप्रिय काम मात्र गर्ने चलन थियो । विकास निर्माणका कामलाई दीर्घकालीन तरिकाले अगाडि बढाइएकोे थिएन । कसरी लोकप्रिय हुने भन्नेतर्फ मात्र ध्यान दिने चलन थियो ।

    सामाजिक सेवा तथा सुरक्षाका क्षेत्रमा काम नगर्ने भन्ने कुरा होइन । त्योभन्दा पहिला रकम सङ्कलन गर्नुपर्छ । हामी त्यसैअनुसार लागेका छौं । रकम तथा राजस्व सङ्कलन गरेर बजेटको आकार ठूलो बनाएपछि ठूलै आकारमा विनियोजन गर्न सकिन्छ ।

    सामाजिक क्षेत्रमा खर्च गर्न सक्छौं । बजेट नै खुम्चिने हो भने हामी खर्च गर्न सक्दैनौं । राजस्व सङ्कलन गर्ने स्रोत हामी खोज्दै छौं । हाम्रो एकलौटि क्षेत्रभित्र परेको भनेको कृषिमा आयकर हो । प्राकृतिक किसानबाट यो कर उठाउने हो ।

    कम्पनीमा जानेबित्तिकै हामीले उठाउन पाउँदैनौं । त्यो उद्योगमा जान्छ । अन्तःशुल्कमा जान्छ । वाणिज्यमा जान्छ । त्यसकारण हामीलाई कर सङ्कलन गर्न गाह्रो छ । हामीले पर्यटनलाई महत्त्व दिएका छौं । नयाँनयाँ पर्यटकीय गन्तव्य बनाउनतर्फ लाग्नुपर्छ । सेवा दिएबापत शुल्क उठाउन सकिन्छ ।

    यसबाट केही राजस्व सङ्कलन गर्ने उद्देश्य राखेका छौं । जलस्रोतमा लगानी गरेर त्यसबाट आउने नाफालाई प्रदेशको सम्पत्तिको रूपमा जम्मा गर्न सकिन्छ । त्यसलाई विकास निर्माणका काममा बजेटमा विनियोजन गर्न सकिन्छ । कसरी हुन्छ, स्रोत परिचालन गरेर बजेट सङ्कलनतिर हामी लाग्नुपर्छ ।

    पहिलाको स्थितिलाई हेरेर हामीले ३ वर्षे खर्च संरचना निर्माण गरेका छौं । अहिले अमेरिकी डलर प्रतिव्यक्ति आय करीब १ हजार डलर छ । ३ वर्षमा कम्तीमा पनि १७ सय पुर्‍याउने लक्ष्यका साथ हामी अगाडि बढेका छौं ।

    ५ वर्षमा प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याउने हाम्रो लक्ष्य छ । विभिन्न ठाउँमा प्रोजेक्ट निर्माण गर्नेछौं । विकास निर्माणका कामलाई योजनाबद्ध ढङ्गले अगाडि बढाउनेछौं ।

    २० लाख पर्यटक भित्र्याउने जुन लक्ष्य छ, त्यसका लागि उनीहरू आएपछि बस्ने, खाने तथा घुम्ने ठाउँ आवश्यक पर्छ । स्तरीय सेवा प्रदान गर्ने होटल तथा रेष्टुराँ आवश्कताअनुसार बनाउनुपर्छ । निजी क्षेत्रलाई पनि यसमा सहभागी बनाउनेछौं ।

    निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नेछौं । वैदेशिक लगानी भिœयाउनतर्फ पनि हामी लाग्नुपर्छ । यतिले मात्र विकास हुँदैन । यसको लागि गरीबी उन्मूलन पनि गर्नुपर्छ । यसका लागि पनि हामी काम गर्छौं ।

    साझा अधिकार सूचीमा सवारी कर प्रदेशले उठाउँछ । ६० प्रतिशत प्रदेश सरकारले राख्छ । ४० प्रतिशत स्थानीय तहलाई दिन्छौं । बाँडफाँटका लागि सडकको दुरी, जनसङ्ख्या, वातावरण आदिलाई आधार मानेका छौं ।

    त्यसबाहेक अन्य सबै कर स्थानीय तहले उठाउँछ । स्थानीय तहले उठाएको करको ६० प्रतिशत राख्छ र ४० प्रतिशत प्रदेशलाई दिन्छ । यसमा धेरै विवाद हुन्छ, झगडा हुन्छ भन्ने कुरा आएका थिए तर त्यस्तो छैन । एकद्वार प्रणाली अपनाएपछि त्यस्ता समस्या आउँदैनन् ।

    पूँजीगत खर्चको ६० प्रतिशत बजेट भौतिक पूर्वाधारमा खर्च गर्ने भनेका छौं । यसमा पनि सडकलाई प्राथमिकता दिनेछौं । सडकको स्तर पनि हामीले छुट्याएका छौं । प्रदेशको राजधानी, जिल्लाको सदरमुकाम, नगरपालिका तथा गाउँपालिकाको केन्द्रलाई जोड्ने सडकलाई प्राथमिकतामा राखेका छौं ।

    प्रदेश स्तरीय सडक कोरलादेखि पोखरा हुँदै त्रिवेणी जोड्ने सडकलाई पनि प्राथमिकतामा राखेका छौं । डीपीआर पनि दिइसकेका छौं । शालिग्राम करिडोर भनेर देवघाटदेखि अत्रौली, पुट्टार, स्याङ्जा चापाकोट, गल्याङ, मिर्मी हुँदै मोटरबाटो बनाउनेछौं ।

    करलाई बोझको रूपमा नलिई दायित्व सम्झनुपर्छ । राष्ट्र निर्माण गर्ने र आफैलाई समृद्ध बनाउने अभियानको रूपमा लिनुपर्छ । हामीले तिरेको करले मुलुक समृद्ध हुन्छ । हामीले यस्ता कुरा जनतालाई बुझाउनु जरुरी छ ।

    कर तिर्नु नागरिकको दायित्व हो भने कर तिरेपछि नागरिकलाई सेवासुविधा दिनु सरकारको दायित्व हो । त्यसको दुरुपयोग गर्नु हुँदैन । सबै नागरिकलाई करको दायरामा ल्याउन सबै लाग्नुपर्छ ।

    arthik abhiyan daily

     

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.