• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिंहदरबारअगाडि नांगै विरोध प्रदर्शनमा उत्रेका लिम्बूले पुन: निकाले अर्धनग्न जुलुस

  •      /२२ भाद्र २०७५, शुक्रबार ०९:४७ ,  प्रकाशीत
  • भद्रपुर : सिंहदरबारअगाडि नाङ्गो विरोध प्रदर्शन गरी देशभर चर्चित बनको झापाका बिकेन लिम्बूले शुक्रबार बिहान भद्रपुरमा अर्धनग्न विरोध प्रदर्शन गरेका छन्।

    भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका ३ स्थित पृथ्वीनगर निवासी बिकेन लिम्बूसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रर्दशन गरेका हुन्।

    लिम्बू नेतृत्व चेतनशील युवा समूहका युवाहरुले भद्रपुर बसपार्कबाट अर्थनग्न विरोध र्याली निकाल्दै भद्रपुर बजार परिक्रममा गर्दै भद्रपुर नगरपालिकाअगाडि पुगेर विरोध प्रदर्शशन गरेका थिए।

    युवाहरुले अर्धनग्न विरोध प्रदर्शन गरेपछि प्रहरीले भद्रपुर नगरपालिकाअगाडि पुग्नुअघि नै बाटोमा रोकेका थिए। प्रहरीले रोकेपछि युवाहरुले भद्रपुर नगरपालिका र प्रहरीविरुद्ध चर्को नारावाजी गरेका थिए।

    विरोध प्रदर्शनका नेतृत्व गरेका लिम्बूले भने, ‘नगरपालिकाले शुक्रबार जनताको करबाट तिजको दर खुवाउने कार्यक्रम गर्न लागेको भन्दै विभिन्न मिडियामा समाचार आएकोले त्यसको विरोधमा प्रदर्शन गरेका हौँ।’

    तीज जस्तै अन्य धर्महरुको पर्व पनि नगरपालिकाले मनाउनुपर्ने भन्दै उनले भने, ‘सबै धर्म एक हो, सबै धर्मलाई सम्मान गर्नुपर्नेछ।’ नगरपालिकाले नगरमा बसोबास गर्ने सबै जातजातिका लागि तीज कार्यक्रम जस्तै रकम छुट्टाएर मनाउनुपर्नेमा तीजलाई मात्र प्रोत्साहन दिनु उचित नभएको स्थानीय युवा किशोर थापाले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.