• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओली सरकारले जारी गरेको मुलुकी ऐनविरुद्ध डाक्टरपछि पत्रकार पनि सडकमा

  •      /२२ भाद्र २०७५, शुक्रबार १०:०२ ,  प्रकाशीत
  • काठमाडौँः मुलुकी देवानी र फौजदारी ऐन संशोधन माग गर्दै पत्रकारहरुले काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा नयाँबानेश्वरस्थित एभरेस्ट होटेल अगाडिको सडकमा जम्मा भएर पत्रकारहरुले प्रेस स्वतन्त्रता खोस्ने ऐन संशोधन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनका क्रममा पत्रकारहरुले कालो ब्यानरसहित मुलुकी देवानी र फौजदारी दुवै ऐन संशोधन गर्न माग गरेका थिए । पत्रकारहरुले भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनले पत्रकारितालाई फौजदारीकरण गरेको भन्दै विरोध जनाएका हुन् ।

    प्रदर्शनका क्रममा पत्रकाहरुले समाचार संकलनका लागि प्रयोग गरिने कलम, डायरी, क्यामेरा, रेकर्डर पनि सडकमा राखेका थिए । मुलुकी ऐनविरुद्ध यसअघि डाक्टरहरुले पनि आन्दोलन चर्काएका थिए । उनीहरु अहिले पनि आन्दोलका क्रममा नै छन् ।

    पत्रकारहरुले‍ पनि नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै प्रदेश र संघीय सरकारलाई पटक पटक दबाब दिइरहेका छन् । तर सरकारले भने प्रेस स्वतन्त्रता खोस्ने सरकारको मनासय नरहेको बताउँदै आएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.