• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जापान पठाउने भन्दै ठगी गर्ने समूहका नाइके पक्राउ

  •      /२५ भाद्र २०७५, सोमबार १३:१९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । जापान पठाउने भन्दै प्रतिव्यक्ति ७ देखि १२ लाखसम्म उठाई ठगी गर्ने समूहका नाइक प्रहरीको फन्दामा परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जापानमा सरकारी कोटामा काम गर्न पठाउने भन्दै करोडभन्दा बढीको ठगी गर्ने सिन्धुपाल्चोक मेलम्ची १३ का ३३ वर्षीय सविन प्रकाश दनुवारलाई आइतबार पक्राउ गरेको हो ।

    दनुवारलगायतले विमान सेक्युरिटी एण्ड सर्भिस प्रालिबाट पीडितहरूलाई जापान पठाइदिने भनी २८ जनाभन्दा बढीको १ करोड ३१ लाख ५० हजार ठगी गरेको खुलेको छ । दनुवारलाई आजै जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।

    यही मुद्दामा यसअघि सीआईबीले नुवाकोटकी ३३ वर्षकी सरिता गुरुङ, उदयपुरका लालमणि दनुवारलाई गत वर्ष माघमा पक्राउ गरी अदालतमा बुझाएकोमा १० लाख धरौटी तिर्न नसकेपछि गुरुङ जेलमा र १० लाख धरौटी बुझाई दनुवार छुटेका थिए ।

    सोही बेलादेखि फरार रहेका सविनप्रकाश दनुवारलाई आइतवार  सीआईबीले पक्राउ गरेको हो । उनीहरुले पीडितलाई १ लाख २१ हजार ३ सय ३३ रुपैयाँ तलब हुने भनी रकम ठगी गरेका थिए । प्रहरीले समूहका नाइके दनुवारलाई खोज्न इण्टरपोलबाट डिफ्युजन नोटिससमेत जारी गरेको थियो /

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.