गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङ खेलाडीलाई गर्यो सम्मान
/२६ भाद्र २०७५, मंगलवार १५:३२ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । गण्डकी प्रदेश सरकारले इण्डोनेसियामा हालै सम्पन्न भएको १८ औं एसियाली खेलकुदमा रजत पदक जित्ने नेपाली प्याराग्लाइडिङ खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।
प्रदेशको सामाजिक बिकास मन्त्रालयले मंगलबार एक कार्यक्रमका बीच ५ जना पदकधारी खेलाडीलाई जनही एकरएक लाख सहित सम्मान गरेको हो ।
त्यसैगरी सरकाले २ जना प्रशिक्षक र व्यबस्थापकलाइ भने जनही २५ हजार सहित सम्मान गरेको हो ।
गण्डकी प्रदेश सरकारको यस अघि सम्पन्न मन्त्रिपरिषद् बैठकले नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल पोखरेली प्याराग्लाइडिङ खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार गण्डकी प्रदेश सहित राष्ट्रको नाम उचो पार्न सहयोग गरेको भन्दै सामाजिक विकास मन्त्रालयले खेलाडीहरुको हौसला रुवरुप सम्मान गरिएको गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुनले बताइन।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ, मन्त्री पुन लगायतले खेलाडीहरुलाई सम्मान पत्रको साथमा दोसल्ला, अविर, माला लगाउदै नगद सहित सम्मान गरेका हुन।
सम्मानित हुने खेलाडीहरुमा कप्तान बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा रहेका छन । त्यसै मुख्य प्रशिक्षक योगश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउत रहेका छन।
त्यस्तै टिमम सहभाागि महिला तीन जना खेलाडीलाई समेत सम्मान गरिएको छ । सम्मानित हुने महिला खेलाडीमा पाइलट त्रिषा श्रेष्ठ बमजन, प्रतिभा भुजेल र सविता तामाङ रहेका छन ।

Related