चितवन : नारायणगढ-मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा मंगलबार बिहानैदेखि अवरुद्ध भएको सडक एकतर्फी रुपमा सुचारु भएको छ।
मंगलबार दिनभर पहिरो हटाएर बेलुकी साढे सात बजेबाट सडक एकतर्फी रूपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिए।उक्त सडकखण्डको कालीखोला, जलवीरे र चारकिलो भन्ने स्थानमा पहिरफ खसेर यातायात अवरुद्ध बनेको थियो।
ठूलो पहिरो खसेकाले पहिरो हटाउनका लागि दिनभर लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार रातिदेखि सवारी साधन रोकिएकाले यातायात सहजरूपमा सञ्चान हुन समस्या भएको छ।

Related