• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मधेसवादी दल र नेतामा राजनीति बेमानी : वीरगञ्ज महानगरका मेयरले दिए राजिनामा

  •      /२९ भाद्र २०७५, शुक्रबार ०६:४४ ,  प्रकाशीत
  • वीरगंज: प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्जका मेयर विजय सरावगी पार्टी बदल्ने सोचमा छन्। त्यसै कारण उनले  संघीय समाजवादी फोरम नेपाल पार्टीका केन्द्रीय अध्यक्ष, उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा बुझाएका छन्। अध्यक्ष यादव बाहिर रहेकोले सामाजिक सञ्जाल ह्वाट्स एपबाट राजीनामा लेखेर पठाएको उनले बताए।

    पार्टीका नेताहरूबाट अनावश्यक दबाब आएपछि पार्टी छोडेन सोच बनाएका मेयर सरावगी दुई दिन अघि उपेन्द्र यादवलाई राजिनामा दिएका हुन्।महानगरमा करारमा कर्मचारी(ईन्जिनियरनन) नियुक्त गर्दा दबाब आएकोले तनावमा आउँदै चुनाव जितेको ११ महिना पछि राजीनामा दिएका हुन्। सरावागीले चुनावको बेला जनतासँग गरेको वाचा पूरा गर्न पार्टी परित्याग गरी वीरगन्ज महानगरलाई समृद्ध र विकसित नगर बनाउने दाबी गरे।

    शीर्ष नेताहरू बसेर छलफलका लागि समय तोकिएको छ। मेयर सरावगी निकट एक नेताले भने, ‘मेयर साहेबले राजीनामा दिएको कुरा सत्य हो,भोलिको बैठकले निष्कर्ष निकाल्छ,उनको राजीनामा स्वीकृत हुन्छ कि हुँदैन भने कुरा।’

    फोरम नेपालका पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कूर्मीका अनुसार जिल्ला वा केन्द्रमा उनले लिखित राजीनामा नदिएको बताएका छन्। ‘पार्टीले उनीसँग ५ वटा विषयमा जवाफ मागेपछि राजीनामाको हल्ला फिजाएका छन्,’ उनले भने, ‘पार्टीको नगर ईकाई कमिटीले पाँच वटा विषयमा सो धनी गर्ने निर्णयपछि नगर अध्यक्ष ईश्वर यादवले सोमवार पत्र दिन जाँदा राजीनामा दिएको भन्दै पत्र बुझ्न अस्वीकार गरेका थिए।’

    राजीनामामा उनले ‘काम गर्न नदिएको,पार्टीका नेताको दबाबले म किन तनाव बोक्ने?’ क्वीट गर्न चाहन्छु भन्ने शब्द उल्लेख गरिएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.