पोखरा : गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। गत बुधबार तिजका दिन सुलिकोट ४ सौरपानीस्थित रन्चोकका ३७ वर्षका टेकबहादुर विकले ३३ वर्षकी कुमारीलाई काठ तास्ने रन्दाले टाउकोमा हानेर हत्या गरेको वडा अध्यक्ष भीमबहादुर गुरुङले टेलिफोनमा जानकारी दिए।
उनका अनुसार बिकले श्रीमतीलाई बंगुरलाई दाना दिदै गरेको बेलामा एक्कासी पछिाडि बाट रन्जाले आक्रमण गरेका थिए।तत्कालै घाइतेलाइि उपचारको लागी स्वास्थ्यचौकी लैजादै गर्दा बाटैमा उनको मृत्य भएको हो।
श्रीमतीको हत्या आरोपमा विकलाई इलाका प्रहरी कार्यालय जौबारीले पक्राउ गरी थप अनुसन्धानका लागि गोरखा ल्याएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले जानकारी दिए। विकविरुद्ध शुक्रबार कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढेको नेपालले जानकारी दिए।

Related