निर्मला प्रकरणमा सरकार एक्सनमा उत्रियो ; दुई डिएसपी सहित पाँच जना निलम्वित
तपाईको प्रतिक्रिया





काठमाडौ: १३ वर्षीय बालिका निर्मला पन्तको अनुसन्धानमा लापरबाहि भएको भन्दै गृहमन्त्रालयले थप प्रहरीलाई निलम्वित गरेको छ।
भदै ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिको सिफारिस अनुसार पाँच जना प्रहरीलाई निलम्वि गर्ने निर्णय गरेको हो। निमलम्वि हुनेहरुमा डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसि, प्रहरी निरिक्षक जगदिश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरिक्षक रमासिंह धामी रहेका छन्।
घटनामा प्रहरी प्रति शंका बढेपछि गृह मन्त्रालयले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई भदौ ९ निलम्बन गरेको थियो। दिलीपलाई नक्कली अभियुक्तका रूपमा उभ्याएको स्थानीयको प्रहरीमाथि आरोप थियो।
त्यस्तै सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वा गठित छानविन समितिले शनिवार गृहमन्त्री रामबहादुर थापालाई घटनाको अनुसन्धान फाइल समेत बुझाएको छ।
पहिलोपोष्टबाट साभार
Related