लागुऔषध भन्दै डाक्टरले औषधी नदिएपछि पोखराको समुदायिक अस्पताल तोडफोड
/३० भाद्र २०७५, शनिबार १२:२० , प्रकाशीत
लेखनाथ / पोखरा ३० मोहरियामास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालमा तोडफोड भएको छ । मोहरिया, देउराली खोला वस्ने वावुराज घले र सुरज थापा नामका युवाले केही औषधी मागेको र नदिँदा तोडफोड गरेको त्यहाँ कार्यरत डा विशाल सापकोटाले जानकारी दिए ।
डा सापकोटाका अनुशार नारकोटिक औषधी मागेको र विना जाँच औषधी दिन नमिल्ने वताएपछी धम्काएको उनले वताए । २ जनाको समुहमा आएका उनिहरुले केही औषधी चोरी गरेर लगेको र अस्पतालको टिभी समेत तोडफोड गरेका छन् ।
अस्पतालमा उचित सुरक्षाको व्यवस्था गर्न सामुदायिक अस्पतालमा कार्यरत डा नविन रेग्मी लगाएत अन्य कर्मचारीले माग गरेका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कार्यवाही अगाडी वढाएको इलाका प्रहरी कार्यलय डाँडाको नाकले वताएको छ ।

शन्दिप पौडेलबाट
Related