निर्मला काण्ड: डीआईजी धीरु बस्न्यात नेतृत्वमा छानबिन समिति गठन
/३१ भाद्र २०७५, आईतवार १०:५६ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना छानबिन गर्न नेपाल प्रहरीले डीआईजी धीरु बस्न्यात नेतृत्वको शक्तिशाली समिति गठन गरेको छ ।
समितिका सदस्यहरुमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी सहित ९ जना रहेका छन् ।अब प्रहरी अतिरिक्त महानिरीक्षक एजआईजी बढुवामा सिफारिस भएका डीआइजी बस्नेतले समितिको नेतृत्व गर्ने छन् ।
यो समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरीको अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने प्रहरी हेडक्वाटरका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए ।
यसअघि गठन भएको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा गठित कमिटीलाई पुनर्संरचना गर्दै प्रहरी हेड्क्वार्टरले डिआईजी बस्न्यातलाई आन्तरिक अनुसन्धान गर्ने जिम्मा दिएको छ ।
‘यसअघि उत्तम सुवेदीको कमाण्डमा गठन भएको समितिलाई पुनर्संरचना गरिएको हो’ प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘डिआईजी धिरु बस्न्यात सापको नेतृत्वमा गठन भएको समितिलाई कञ्चनपुर घट्नाको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीबारे छानविन गर्ने कार्यादेश दिइएको छ ।

Related