वडा अध्यक्ष श्रेष्ठको पहलमा पर्वतको पैंयु गाउँपालिका बन्यो फ्रि वाईफाई जोन
तपाईको प्रतिक्रिया





पर्वत/सुचना प्रबिधीको क्षेत्रमा पछि परेको पर्वतको पैंयु गाउँपालिका वडा नं ४ मा वडालाई फ्रि वाईफाई जोन बनाइएको छ ।सुचना प्रबिधीबाट पछि परेको वडा नं ४ का अध्यक्ष महेन्द्र श्रेष्ठले असोज १ देखि वडालाई फ्रि वाईफाई जोन बनाएका हुन ।
केही बर्ष अघि सम्म पर्वतको कालापानी भनिने क्षेत्रका बासिन्दालाई सुचना प्रबिधीको सहच पुहँच बढाउन वडालाई फ्रि वाईफाई जोन बनाइएको अध्यक्ष श्रेष्ठले बताए ।
पहिलो चरणमा सबैभन्दा बढी जनघनत्व भएको हातेमालो चोकमा फ्रिवाईफाई जोन बनाएको छ भने केही दिन भित्रै वडा भित्र सबै स्थानमा यसलाई बिस्तार गर्ने काम भैरहेको उनले बताए ।स्थानिय प्राबिधीक भएका कारण थोरै लगानीमा फ्रि वाईफाई जोन बनाउन सकिएको उनले जानकारी दिए ।
Related