शुभेच्छा न्यूज
पोखरा । चाडपर्व नजिकिएसंगै केही दिन देखि पोखरामा चोरीका घट्ना बृद्धी भएकै बेला फेरी पोखराको सिर्जनाचोकमा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । सोमबार गएराति सटरको चावी फुटाएर सहकारी चोरी भएको हो । सटरमा जग लगाएर रडको सहायताले चावी फुटाइएको छ ।
सहकारीको करिव १२ लाख रुपैयाँ नगद चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ । बिहान १० बजे कार्यालय खुल्ने समयमा ताला फोरिएको देखिएपछि चोरी पत्ता लागेको हो ।
घटना स्थलमा प्रहरी आएर अनुसन्धान गरिरहेको सहकारीका संस्थापक सचिव सुनिल पाण्डेले जानकारी दिए । उनका अनुरा नगद चोरी भएपनि कागजात र कम्प्युटर सुरक्षित रहेको बताइएको छ ।

Related