• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वडाअध्यक्ष र बाणिज्य संघको नेतृत्व हाँक्न सक्छन् प्रजुले ? यस्तो छ उनको प्रतिबद्धता

  •      /२ आश्विन २०७५, मंगलवार ०५:३३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरा उद्योग बाणिज्य संघको आसन्न ३२ औं अधिवेशन नजिकिएसंगैं उमेदवारहरुले घरदैलो, भेटघाट र आफ्ना प्रतिबद्धतालाई तीव्र पारेका छन्। उमेदवारहरुले मतदातालाई आफ्नो प्रभावमा राख्न बिभिन्न प्रतिबद्धताहरु ब्याक्त गर्न थालेका छन्। ब्यवसायी द्धय दामुअधिकारी र रवीन्द्रबहादु प्रजूले आ आफ्नो प्यानल बनाएर चुनाबी मैदानमा उत्रीएका छन्।

    उमेदवार दामु अधिकारीले आफु ब्यवसायी भएकोले ब्यवसायीको हकहितमा कुनै करसबाँकी नराख्ने बादी गर्दै आएका छन् भने अर्का उमेदवार प्रजुले पनि आफु लामो समयदेखि संघका बिभिन्न पदमा रहेर ब्यवसायीको हकहितको लागि कार्य गर्दै आएका दावी गरेका छन्।

    प्रजु पोखरा महानगरपालिका वडा नंम्वर ३ को वडा अध्यक्ष भएकोले ब्यवसायी संस्था पोखरा उद्योग बाणिज्य संघमा समय दिन नसक्ने र राजनैतिक दलको प्रतिनिधि भएका कारण सवै ब्यवसायलाई समेट्न नसक्ने   प्रतिस्पर्घी ब्यवसायीको  आरोपछ।

    तर, प्रतिबद्धन्दीको आरोपलाई चिर्दै प्रजुले आफुले वडाअध्यक्ष र संघ दुवैलाई समय दिन सक्ने दावी गर्दै आएका छन्। प्रतिद्धन्दीको आरोपलाई चिर्दै प्रजु प्यालले पोखराका उद्योगी व्यवासायीले उद्योग वाणिज्य संघबाट लिनुपर्ने सेवा घरमै बसेर लिन सक्ने व्यवस्था गर्ने घोषण गरेको छ ।

    आर्थिक समृद्धिका लागि उद्योग व्यवसायीको प्रगति भन्ने मूल नाराका साथ यसपटकको संघको निर्वाचनमा होमिएको यस प्यानलले सोमबार पोखराको शान्तिवन र लेकसाइडमा रहेको मतदाताहरुसँग भेट गर्दै उद्योग वाणिज्य संघ अझैपनि धेरै समस्याहरुसँग जुधिरहेको र प्रविधि मैत्री हुन नसकेको निष्कर्ष पनि निकालेको छ । प्रविधि मैत्री आजको जमानामा पोखरा उद्योग वाणिज्य संघको वेभसाइट नचल्नुलाई यस प्यानलले दुखद् भनेको छ ।

    रहेका उद्योग व्यवासायी मतदाताहरुसँगको भेटमा प्रजू प्यानलले पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई समेट्न नसकेको र चुनावका बेलामा मात्रै भोट माग्न आउने परम्परा रहेकोले त्यसलाई तत्कालै सुधार गरी प्रविधि मैत्री बनाउने वचन दिएको हो ।

    एउटा कुनामा बसेर सारा संसार हाक्न सकिने आजको प्रविधि मैत्री जमानामा उद्योग बाणिज्य संघलाई प्रविधि मैत्री बनाएर उद्योगी व्यवसायीले उद्योग बाणिज्य संघबाट प्राप्त गर्न सक्ने सुविधालाई आफ्नो घर र व्यवसायमै बसेर प्राप्त गर्ने वातवारण बनाउने ,पोखरा उद्योग वाणिज्य संघमा हटलाइन टेलिफोन सेवा र टोल फ्रि नम्बर मार्फत उद्योगी व्यवसायीको सूचना प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाउनु मेरो पहिलो कर्तव्य ठानेको अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादु प्रजूले मतादातालाई भनेका छन् ।

    लेकसाइडमा रहेका व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको लागि प्रजू प्यानलको जस्तै खारिएको र सशक्त टिम चाहिएकोले यस टिमले मात्रै व्यवसायीको आवश्यकता पूरा गर्न सक्ने भन्दै यस टिमलाई मतदात गर्न आफूहरु तयार रहेको बताएका महासचिव पदका उमेद्वार अर्जुन पोखरेलले जानकारी दिएका छन् ।

    पोखरा उद्योग वाणिज्य संघको आन्तरिक व्यवस्थापन पनि कमजोर हुँदै गएको, अदृश्य रुपमा संघको दैनिक कार्यसञ्चालनमा समेत राजनीति हावी हुदै गएकोले त्यसलाई रोक्न पहल गर्नुपर्ने मतदाता व्यवसायीले यस प्यानलालाई सुझाव दिएका छन् ।

    विगतमा पोखरा उद्योग वाणिज्य संघले एच डब्लु के माइन्ज, आइ एल ओ लगायतका विदेशी संघसंस्थासँग पनि सहकार्य गरी पोखराको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेको, पोखरालाई बालश्रम मुक्त शहर बनाउनको लागि भूमिका खेल्न सकेको भएपनि पछिल्लो समयमा पोखरा उद्योग वाणिज्य संघले ती विषयमा उल्लेख्य काम गर्न नसकेको गुनासो पनि मतदाता व्यवसायीहरुले गरेका छन् ।

    मतदातासँगको भेटमा प्रजू प्यानलले आफू निर्वाचत भएमा विगतको भूमिकालाई यथावत राख्न पहल गर्ने बचन दिएको छ । संघको कोषाध्यक्ष पदका उमेद्वार सुरेन्द्रमान विजुक्छेले सामाजिक क्षेत्रमा संघको भूमिका कमजोर हुँदै गएको र संघ तथा व्यवसायी बीचको दूरी बढ्दै गएको कारण संघ कुनै क्लब जस्तै बनेको हुँदा संघलाई पोखराको अग्रणी संस्था बनाउनेमा आफ्नो टिम लागिरहेको बताए ।

    व्यवसायी साथीहरुले पाउनुपर्ने आवश्यक सूचनाहरु पनि पाउन नसकिरहको अहिलेको अवस्थामा कर, राजश्व तथा व्यवसाय सम्बन्धि अन्य सूचनाहरु घरमै बसेर पाउने व्यवस्था मिलाउने आफ्नो टिमको कार्ययोजना रहेको उपमहासचिव पदका उमेद्वार चिनुकुमारी गुरुङ्गले मतदातामाँझ बताएकी छन् ।

    प्यानलमा अध्यक्ष पदमा रवीन्द्रबहादुर प्रजू, वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्य उपाध्यक्षमा पवनकुमार प्रजापती, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे, महासचिवमा चिनुकुमारी गुरुङ्ग तथा कार्यसमिति सदस्यमा बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द्र बाँस्तोला, कुमारी मुना बाँस्तोला, कीतिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी र रामेश्वर अधिकारी उमेद्वार रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.