• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दशैंको अवसरमा पोखरा ट्रेड मलमा हात खाली नजाने अफर

  •      /३ आश्विन २०७५, बुधबार ११:१६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा।पोखरा । पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मलले ग्राहकका लागि ‘दशैं तिहार उत्सव’ योजना सार्वजनिक गरेको छ । बम्पर उपहारको साथमा हात खाली नजाने स्क्र्याच कुपनको विशेष उपहार योजना मलले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

    योजना अन्तर्गत ग्राहकको लागि १० लाख रुपैयाँ बराबरकोे उपहारको व्यवस्था गरिएको दशैं तिहार उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले जानकारी दिए । ‘बम्पर उपहार योजनामा सहभागी हुनको लागि मलमा आउने ग्राहकले न्युनतम ५ सय रुपैयाँको सामान खरिद गरे पुग्छ,’ उनले भने । ‘स्क्र्याच कुपनमा सहभागी हुनको लागि ५ हजार रुपैयाँको सपिङ गर्नुपर्छ ।’

    बम्पर उपहारमा १ लाख रुपैयाँ एक जनालाई र १० हजार रुपैयाँ ५ जनालाई प्रदान गरिने दशैं तिहार उत्सव व्यवस्थापन समितिका सचिव माधव तिमिल्सिनाले जानकारी दिए ।

    ‘स्क्र्याच कुपनमा ५० हजार रुपैयाँसम्मकोे नगद तथा सपिङ भौचरको उपहार ग्राहकले जित्न सक्नेछन’ उनले भने।सेल्फी प्रतियोगिता, खाने प्रतियोगिता र ट्रेजरहन्ट प्रतियोगिता पनि यस उत्सवमा समावेश गरिएको छ । यो योजना असोज ५ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । मंसिर ८ गते बम्पर उपहार विजेता छनौट गरिने बताइएको छ ।

    २०७२ असोज २६ गते औपचारिक रुपमा सञ्चालनमा आएको मलमा नुनदेखि सुनसम्मका सामान एकै छानोमुनि पाइन्छन् । मलमा आउने ग्राहकहरुलाई मध्यनजर गरी मल व्यवस्थापन साथै ब्यवसायीहरु मिली विभिन्न अवसर पारी ग्राहकमुखि कार्यक्रमहरु सञ्चालन गरिरहेको मलका अध्यक्ष विन्दुकुमार थापाले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.