• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुटुको जटिल शल्यक्रियामा सफलता चुम्दै डा अनिल भट्टराई,दक्षिण एसियामा सफलता चुम्ने तयारीमा

  •      /४ आश्विन २०७५, बिहीबार ०५:०० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । गत भदौ १८ गते त्रिवि शिक्षण अस्पताल अन्तरगत रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया सफल भयो ।

    ओपन हार्ट सर्जरी भनेर चिनिने यो शल्यक्रियाको नेतृत्व गरेको थिए डाक्टर अनिल भट्टराईले । डाक्टर भट्टराईले सफलताको कथा सुनाए ।३७ हप्ताको गर्भवती महिला प्रमिला अर्याललाई छाती दुख्यो र सास फेर्न गार्हो भयो भनेर ईमर्जेन्सीमा अस्पताल ल्याइयो ।भिडियो एक्सरे गर्दा मुटुको नली च्यातिएको देखियो । आमा र बच्चा बचाउन अप्रेसन गर्नु पर्ने देखियो ।

    ३७ हप्ताको बच्चा डेलिभरी भयो भने बाँच्छ । हामी आमा–बच्चा दुवैलाई बचाउने प्रयासमा जुट्यौं /प्रमिलाको उपचार गर्न दुई वटा टिमको आवश्यक भयोे, मुटुको अप्रेसनका टिम र बच्चा निकाल्नको लागि गाईनोकोलोजीको टिम ।

    तत्काल गाईनोकोलोजीको टिमलाई बोलाएर छलफल गरौं । पहिला बच्चा निकाल्ने, त्यसपछि आमाको मुटुको अप्रेशन गर्नु पर्ने निष्कर्षमा हामी पुग्यौं ।मुटुको अप्रेसन गर्नुपूर्व रगत पातलो हुने औषधी दिईन्छ । रगत जम्ने हुनाले यो औषधी दिने गरिन्छ ।

    तर बच्चा निकालीसकेपछि आमाको पाठेघरमा आलो घाउ हुन्छ । यस्तो अवस्थामा विरामीलाई रगत पातलो बनाउने औषधि दिँदा पाठेघरबाट अत्याधिक रक्तश्राव हुनसक्छ ।रगत पातलो बनाउने औषधि नदिइ मुटोको अप्रेसन गर्न सकिदैन ।त्यो एकदमै दोधारे परिस्थिति थियो । चिकित्सा दुनियाँमा यस्तो केस एकदमै दुर्लभ मानिन्छ र अत्यान्तै जोखिमयुक्त ।

    गाईनोकोलोजीको टिमले बच्चा निकालिसकेपछि पाठेघरलाई खुल्ला राखेर त्यहाँ बिशेष प्रकारको कपडा खाँदेर राखे । त्यस कपडालाई उनीहरुले ४ घण्टा त्यही राखे ।

    त्यसपछि मुटुको अप्रेसनका टिमले छाती खोलेर मुटुको अप्रेसन गर्यौं । मुटुको अप्रेसन सकिएपछि पाठेघर बन्द गर्यौ । ७ घण्टा लगाएर दुबै अप्रेसन सफल बनायौं ।

    ‘मेहनत बल्ल देखियो भन्ने आभास भयो’ डा भट्टराईले भने–‘एउटा मुटु फुटेर आएको आमा र बच्चालाई बचाउन पाउनु मेरो लागि सुखद अबसर हो । कार्डियक सर्जनहरुका लागि यस्तो शल्यक्रिया निकै जोखिमपूर्ण पनि हो र अवसर पनि हो ।’

    डाक्टर अनिल भट्टराईले धादिङ निवासी १४ वर्षिय नानीको काखीमा प्वाल बनाएर मुटुको अप्रेसन गरेको अर्को सफलताको कथा पनि सुनाए ।‘पहिला हामीले स्तनमुनी काटेर शल्यक्रिया गर्दै आएका थियौं । त्यसमा साधारण दाग देखिने गरेको थियो । त्यो कुरा हामीले नानीको बुबालाई जानकारी गरायौं’ उनले भने

    अप्रेसनपछि रहने दागले छोरीको विवाह गराउन समस्या पर्ला कि भन्ने चिन्ता विरामी नानीको बुबाले डाक्टर भट्टराईलाई सुनाए ।‘एउटा बाबुले त्यति भनेपछि म सोच्न बाध्य भएँ र विदेशमा सिकेर आएको प्रविधिलाई नेपालमा अब प्रयोग गर्नुपर्छ भन्ने लाग्यो,’ डाक्टर भट्टराईले स्मरण गरे ।

    आफूले काखीमुनी प्वाल पारेर उपचार गर्ने प्रविधि विदेशबाट सिकेर आएको तर अहिलेसम्म नेपालमा प्रयोग गरेको नगरेको डाक्टर भट्टराईले विरामीको बुबालाई जानकारी दिए ।

    ‘तपाईले सहमति दिनुहुन्छ भने तपाईको छोरीमै पहिलो पटक यस्तो विधिबाट उपचार गर्छौ । के तपाईं मलाई विश्वास गर्नु हुन्छ ? मैले विरामीका बाबुलाई सोधे ।’उहाँले मलाई विश्वास गर्नुभयो–‘तपाईले सक्नुहुन्छ, गनुहोस् ।’

    काखीमुनि प्वाल पारेर मुटुको शल्यक्रिया गर्ने डा भट्टराईको प्रयास सफल भयो । ‘विरामीले साथ नदिएको भए शायदै मेरो कोशीस सम्भव हुन्थ्यो,’ डाक्टर भट्टराई भन्छन्–‘त्यसपछि यहि प्रविधिमा आधारित रहेर हालसम्म १५/१६ जनाको मुटुको शल्यक्रिया गरिसकेको छु ।’यस्तो विधिबाट मुटुको अप्रेसन गर्ने भट्टराई नेपालको पहिलो डाक्टर हुन् ।

    इटालीमा पढ्दै गर्दा गरेको पहिलो अप्रेसन उनले विर्सनै सक्दैनन् । विद्यावारिधी गर्ने क्रममा मुटुको प्वाल टालिएको बच्चाको अप्रेसन उनले गरेका थिए । त्यो एकदमै जटिल अप्रेसन थियो र त्यो सफल पनि भयो ।

    युरोपमा विद्यार्थीले पढाईको क्रममा कुनै अप्रेसन गरेको छ भने त्यो अप्रेसन उक्त विद्यार्थीले गरेको भनेर नाम आउने गर्दछ । उनलाई विरामीको बुबाआमासहित धेरैले बधाई दिए ।

    १० हजार भन्दा बढी अप्रेसन
    सन २००६ देखि मुटुरोग शल्यक्रिया शुरु गरेका डाक्टर अनिल भट्टराईले मुटु र अरु शल्यक्रिया गरेर हालसम्म १० हजार भन्दा बढी शल्यक्रिया गरिसकेका बताए ।

    ‘जिन्दगीमा ९५ प्रतिशत अप्रेसन सफल हुन्छन् र बाँकी ५ प्रतिशतको बारेमा केही भन्न सकिन्न’ उनी भन्छन्–‘एउटा डाक्टरको लागि बिरामी बाच्नु नै सबैभन्दा ठूलो जित हो । हरेक सफल शल्यक्रियाले हामीलाई उत्साहित र जिम्मेवार बनाउँछ ।’

    त्यसैले त शल्यचिकित्सा क्षेत्रमा छोटो समयमै राम्रो ख्यातिको नाम भनेको–डाक्टर अनिल भट्टराई ।

    भट्टराईको जन्म वि.सं. २०३४ कार्तिकमा पर्वतमा भएको हो । स्कूल तहको शिक्षा पर्वतमा मामाघरमा बसेर हासिल गरे ।

    सन् १९९४ मा एमबीबीएस पढ्न उनी रुस पुगे । एमबीबीएस सकेपछि उनले सन् २००२ देखि २००४ सम्म टिचिङ अस्पतालमा मेडिकल अफिसरको रुपमा काम गरे । छात्रवृत्तिमा एमडी पढ्न पुनः रुस गए । २००८ मा फेलोसिप गर्न एक वर्षका लागि उनी अमेरिका पुगे । त्यसपछि उनले २००९ देखि २०१३ सम्म इटलीमा रहेर विद्यावारिधी गरे । इटलीमा उनले थुप्रै शल्यक्रियाहरुमा संलग्न हुने अवसर पाए ।

    भ्यागुता चिरेर मुटु झिक्दा

    ‘मुटु यस्तो अंग हो जसलाई बाहिर झिकेर राख्दा पनि चलिरहन्छ’ अनिल कक्षा ८ मा पढ्दै गर्दा स्वास्थ्य शिक्षाको कक्षामा शिक्षकले भनेका थिए । उनलाई त्यो सुन्दा अचम्म लाग्यो । उनी र उनको साथी मिलेर नजिकैको पोखरीमा गएर भ्यागुता चिरेर मुटु झिकेर हेरे । जतिबेला उनी १२÷१३ वर्षका थिए । स्वास्थ्य क्षेत्रमा रुची बढ्नुको पछाडि यो घट्ना स्मरणीय बताउँछन् डाक्टर भट्टराई बताउँछन् ।

    प्रेरणाको स्रोत

    कार्डियाग सर्जरीको सबैभन्दा ठूलो मान्छे भनेर माइकल डिबिएगीलाई मानिन्छ । उनी अमेरिकी सर्जन थिए । उनको बुवा लेबननबाट बसाई सरेर अमेरिका छिरेका थिए । डिबियगीले दोस्रो विश्व युद्धमा आर्मीको डाक्टरको काम गरेका थिए । डिबिएगीले त्यो समयमा विभिन्न प्रकारको कार्डियो भास्कुलर सर्जरीलाई विकास पनि गरे । उनको बायोग्राफी आफूले धेरै पढेको र त्यसबाट निकै प्रभावित भएको बताउँछन् भट्टराई ।

    आफ्नो प्रोफेसर जोभान स्थेलिङबाट पनि भट्टराई धेरै प्रभावित भएका छन् । जोभान स्थेलिङ उनको ईटालियन प्रोफेसर थिए । उनी त्यो समयमा वर्ल्ड सोसाईटीको प्रेसिडेन्ट पनि थिए । प्रोफेसरले बिशेष गरी तेस्रो राष्ट्रहरुमा कार्डियाक सर्जरी त्यति विकसित भएको छैन भन्ने हिसाबले भट्टराईको धेरै सहयोग गरेका थिए ।

    सर्जरीमा सबैभन्दा धेरै प्रयाक्टिकलको जरुरी छ । नेपालबाट आएको मानिसहरुलाई युरोपमा सजिलैसंग काममा एक्सपोजर दिन पनि गार्हो थियो तर प्रोफेसरले भट्टराइलाई म्यक्सिमम एक्सपोजरमा गर्न सहयोग गरे ।

    माईकल डिबेगीको जीवनीबाट आफूलाई प्रोफेस्नल्ली र आफ्नो प्रोफेसरले पर्सनल्ली प्रभावित पारेको भट्टराई बताउँछन् । पीएचडी गर्ने क्रममा उनले सन् २०११ अक्टोबर ‘फ्रान्सिस फन्टान’ नामक अन्र्तराष्ट्रिय पुरस्कार प्राप्त गरे । उक्त पुरस्कार संसारभरको मुटुरोग बिशेषज्ञ वा यस क्षेत्रमा महत्वपूर्ण अनुसन्धान गरेबापत हरेक वर्ष एक जनालाई प्रदान गरिन्छ । पोर्चुगलमा आयोजित युरोपियन कांग्रेसको विशेष सभामा आफ्नो रिसर्चले उक्त पुरस्कार पाएपछि डा भट्टराईलाई धेरै हौसला मिलेको थियो ।

    सेभ द हार्टका संस्थापक

    सेभ द हार्ट ५ वर्ष अगाडि मुटुरोगको रोकथाम र जनचेतना विस्तार गर्ने उद्देश्यले शुरु गरिएको हो । सन् २०१३ मा भट्टराईकै नेतृत्वमा स्थापना भएको संस्थाले त्यसयता विभिन्न जिल्लामा दर्जनौं स्वास्थ्य शिविरको आयोजना गर्नुका साथै भूकम्प प्रभावितहरुको उपचारमा पनि काम गरेको छ ।

    संस्थाले हालसम्म ३९ वटा स्वास्थ्य शिविरको आयोजना गरेको छ । जसबाट जम्मा ४५ हजार चार सय जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १०७ जनाको शल्यक्रिया गरिएको छ । त्यसमध्ये ४६ जना विपन्न नागरिकको उपचारमा लागेको सम्पूर्ण खर्च संस्थाले बेहोरेको छ भने ६१ जनालाई आंशिक सहयोगसहित उपचार गरिएको उनले जानकारी दिए । विशेष गरी मुगु, कालिकोट र डोल्पाका व्यक्तिहरुलाई संस्थाले सहयोग गर्दै आईरहेका छ ।

    संस्थाले नेपालमा उपचार सम्भव नभएका बिरामी कमल रेग्मीलाई इटालीमा लगेर उपचार गराएको थियो । त्यस्तै कमल धमला भन्ने व्यक्तिको आजभन्दा २ वर्ष अगाडि उनीहरुले ग्रिन सिटी अस्पतालमा सबै खर्च बेहोरेर उपचार गराएको थियो ।

    सरकारले अप्रेसनको पैसा मात्र बेहोर्ने तर डोल्पा, मुगुबाट आएका बिरामीहरुको गाडी–भाँडाहरुको पैसा कसैले पनि बेहोर्दैन र यसमा एउटा परिवारको ५०/६० हजार खर्च हुने गर्छ जसको सेभ द हार्टले सकेसम्म सबै रकम बेहोरिदिन्छ ।

    नेपालमा सबै किसिमको मुटुको अप्रेसन सम्भव भएको उनले बताए । भल्भ फेर्ने सर्जरी, बाईपास सर्जरी, जन्माजात मुटुरोगीहरुको प्वाल टाल्ने अप्रेसन, मुटुको नली फुटेको सर्जरी हुनेगर्छ ।

    कृतिम मुटु वा भ्यानटुकिलर यसिस्टिङ डिभाईस भनिने उपचार भने नेपालमा उपलब्ध छैन । ‘प्राविधिक रुपमा यसलाई उपलब्ध गर्नलाई कुनै समस्या छैन मात्रै यसको प्रविधि धेरै महँगो रहेको छ । कृतिम मुटु राख्नको लागि २०÷५० लाख पर्न जान्छ जुन सधैं भर डेस्टीनेसन थेरापीको रुपमा प्रयोग गर्न मिल्दैन’ उनले भने ।

    उक्त कृतिम मुटुलाई राखेर मानिसलाई केही महिना र एक दुई बर्षसम्म मात्र बचाउन सकिन्छ । यसमा लामो समय सम्म बचाउन गार्हो हुन्छ । तर यो राख्नको लागि मुटुको प्रत्यारोपन हुन जरुरी छ जुन प्रविधि नआएसम्म भ्यानटुकिलार यसिस्टिङ डिभाईस राखेर त्यति धेरै फाईदा हुँदैन । यसमा टेक्निकल समस्या रहेको छ । त्यस्तै नेपालमा मुटुको प्रत्यारोपन पनि हुँदैन ।

    आफ्नै देश प्यारो तर चाकडीबाज समस्या
    पढ्न बिदेश गए पनि उनको त्यहाँ बस्ने प्लान कहिले पनि रहेन । उनलाई ‘विदेशमा धेरै अफर आएका थिए भनेर गफ लाउन चाहान्न’ भट्टराई भन्छन्–‘पढ्न विदेशमा गए पनि त्यही बस्ने योजना मैले बनाइन । परिवारको चाहाना पनि नेपालमै काम गरिदेओस् भन्ने थियो ।’ पढ्न, तालिम लिने, अनुभव लिन विदेश जानु पर्ने तर सेवा आफ्नै देश गर्नुपर्छ भन्ने मान्यतामा उनी अडिक रहेका छन् ।

    प्रविधिको हिसाबले नेपाल पछाडि भएपनि पछिल्लो समय यसतर्फ विकासले गति लिएको छ । तर चाकडीपनले नेपाली समाजग्रस्त रहेको र नेपाली सामाजिक संरचना र सोचाइ बदल्न जरुरी रहेको बताउँछन् डा भट्टराई । अरु क्षेत्रमा जस्तै मेडिकल क्षेत्रमा पनि चाकडीबाजहरु रहेको र यस्तो प्रवृतिले मानिसहरुलाई पीडित बनाएका उनको बुझाइ छ ।

    ‘विदेशमा काम गर्नेहरु सम्मानित र प्रोत्साहित हुन्छन् । नेपालमा कर्मयोगिहरु भन्दा चाकडीबाजहरु अगाडि आउँछन् । यसले मानिस, समाज र देशको विकासमा सहयोग गर्दैन’ उनको निष्कर्ष छ ।

    ‘विदेशमा साथीभाइ, आफन्तहरुबाट एकदमै धेरै प्रोत्साहन मिल्ने गर्छ तर नेपालमा भने खुट्टा तान्ने प्रवृति रहेको छ । यो अर्को दुर्गुण हो’ भट्टराईले समाजको विश्लेषण गर्दै भने–धेरै मानिसहरु आफूलाई सबै कुरा आउँछ भन्ने घमण्ड राख्छन् । ज्ञान बाड्दा घट्छ भन्ने सोच राख्छन् । ज्ञान लिँदा र बाड्दाका सबैलाई फाईदा हुन्छ ज्ञान थोरै मानिसमा मात्र छ ।’

    sorce : bikashnews.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.