• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आज हुने पोखरा उद्योगबाणिज्य संघमा कडाप्रतिशपर्धा कसले मार्ला बाजी ?

  •      /६ आश्विन २०७५, शनिबार ०३:४१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखराा । पोखरा उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि दुई प्यानलमा निर्र्वाचन हुँदैछ । नेपाली काँग्रेस समर्थित रविनसन प्रजु र समाबेशी दामु अधिकारी प्यानल बीच आज हुने चुनाबमा काडप्रतिशपर्धा हुने अनुमान गरिएकको छ।

    चुनाव हुन लागेको २४ पदमा ४६ जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुँदैछ । अध्यक्षका उम्मेदवार दामु अधिकारी र रवीन्द्रबहादुर प्रजू दुवैले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

    अध्यक्षका उम्मेदवार अधिकारी र प्रजूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुवैले आ–आफ्नो पक्षमा मतदानालाई आकर्षित गर्ने अन्तिम प्रयास गरिरहेका छन् । संघको अध्यक्ष को बन्छ शनिबार साँझसम्म कुर्नुपर्ने हुन्छ ।

    अधिकारी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उद्योगतर्फको उपाध्यक्षमा गीता तिवारी गौतम, वाणिज्यतर्फको उपाध्यक्षमा यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बराल उम्मेदवार छन् ।

    प्रजू प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु कोइराला, वाणिज्य उपाध्यक्षमा पवन प्रजापती, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छेले र उपमहासचिवमा चीनु गुरुङले प्रतिस्पर्धा गर्दैछन् ।

    अधिकारी प्यानलबाट सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेलले प्रतिस्पर्धा गर्दैछन् भने प्रजू प्यानलबाट सदस्यमा बलराम आचार्य, कुमारी मुना बास्तोला, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, कृतिबल्लब त्रिपाठी, केशव खत्री, दीनेश बास्तोला, रामेश्वर प्रसाद अधिकारी उम्मेदवार छन् ।

    उद्योग सदस्यमा अधिकारी प्यानलबाट हिरामणि पण्डित र प्रजू प्यानलबाट सुरेश श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । कर्पोरेट सदस्यमा अधिकारी प्यानलबाट कमल बस्नेत र घनश्याम शर्मा तथा प्रजू प्यानलबाट हरिहर सापकोटा, हर्कबहादुर अधिकारीको उम्मेदवारी छ ।

    चार जना निर्वा्चित हुनुपर्ने बस्तुगत सदस्यमा ८ जनाको उम्मेदवारी छ । अधिकारी प्यानलबाट चिन्तामणि बास्तोला, ज्ञानबहादुर नेपाली, श्रीप्रसाद घले र तारानाथ ढुङगानाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रजू प्यानलबाट हरिराज पन्त, शिवराज बास्तोला, रञ्जन बुद्धाचार्य र राजेशनाथ गुप्ताले उम्मेदवारी दिएका छन् । ३ हजार ३ सय ७७ जना उद्योगी व्यवसायीले महाधिवेशनमा मतदान गर्नेछन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.