स्याङजाको भालुपहाडलाई ४५ करोडको लागतमा पर्यटकीय केन्द्र बनाइने
/६ आश्विन २०७५, शनिबार ०६:४४ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखराा । सिद्धार्थ राजमार्ग अन्र्तगत पर्ने स्याङजाको फेदिखोला गाँउपालिकामा रहेको भालुपहाडलाई पर्यटकीय केन्द्र बनाइने भएको छ । गाँउपालीकाले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी करिब ४५ करोडको लागतमा निमार्ण हुने भालुपहाड पर्यटकीय गुरुयोजना सार्वजनिक गरेको हो ।
पोखरादेखि करिब २८, स्याङजाको वालीङदेखि ४५, पाल्पाको तानसेन बजारदेखि सय र लुम्बिनिदेखि करि एक सय ४० किलोमिटरको दुरीमा रहेको भालुपहाड रहेको छ । यस पहाडलाई लुम्बिनी, पोखरा र मुक्तिनाथ मन्दिरसँग जोड्ने उद्देश्यसहित गुरुयोजना तयार गरिएको हो ।
यस्तो छ गुरुयोजना
सिद्धार्थ राजमार्गसँगै बगेको आँधीखोलाले तीन तिरबाट घेरेको भालुपहाडमा जान करिब एक सय ७५ मिटर लामो अत्याधुनिक झोलुङे पुल निमार्ण गरिने भएको छ । त्यसपछि सिढी चढेर मुल गेटबाट भित्र पस्न सकिनेछ ।
भित्र आकर्षक पार्कसहितको फाउन्टेन, वाल उद्यान र चमेनागृह रहनेछन् । सोही पार्कभित्र एकातर्फ शिव र अर्कोतर्फ बुद्धको २३ फिट अग्लो मुर्ति हुनेछ भने दुई मुर्तिलाई जोड्न १० मिटर अग्लो र १४ मिटल लामो काठको पुल निमार्ण गरिने भएको छ ।
सेती नदिले तिन तिरबाट घेरेको पहाडबाट सेती नदिको किनारसम्मको ५० मिटरको दुरीमा २ सय ५० वटा सिढी निमार्ण गरिने र नदिमा स्र्टीमर संचालन गर्ने योजना गाँउपालीकालको रहेको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
यसैगरी जिप फ्ल्यायर, रक क्लाइबिङसमेत संचालन गरिने भएको छ । यसकासाथै त्यसका वरिपरि होम स्टेसमेत संचालन गरिने र यि सबै कामका लागि ४५ करोड खर्च लाग्ने सुवेदीले जानकारी दिए । योजना सम्पन्नपछि १ सय ५० जना बढीले रोजगारी पाउने भनाइसमेत सुवेदीको थियो ।
साढे तीन वर्षमा सम्पन्न गर्ने
स्थलगत अध्ययनपछि गुरुयोजनाको डिजाइन र लागत स्टमेट काठमाडौंस्थित ड्रिम डेभलपर्सले तयार गरेको हो । गुरुयोजनाको निमार्ण कार्य सुरु गरेको करिब साढे तीन वर्षभित्र सबै निमार्णको काम सकिने इन्जिनियर सन्दिप डोटेलले जानकारी दिए ।,यो खबर नयाँपत्रिकमा छापिएको छ ।
पिपिसि मोडलमा निमार्ण गरिने गुरुयोजना सम्पन्न गर्न गाँउपालिकासँग प्रर्याप्त बजेट नभएकाले बहुवर्षे योजनामा राखेर निमार्ण कार्य सुरु गर्ने र पिपिसि मोडलमा निमार्ण हुने गाँउपालिकाका अध्यक्ष सुवेदीले जानकारी दिए । यो योजना सफल भए बुद्ध सर्किटसँग पनि जोडिने उनले बताए ।
उनले जिल्लामा रहेका सबै स्थानिय तहसँगको समन्वयमा योजना अघि बढाइने र सबैसँग सहयोगसमेत मागिने बताएका थिए । हाल सो क्षेत्र दृश्यावलोकनसँगै पिकनिक स्पोर्ट र चलचित्र छायाङ्कनसमेत परिचित रहेकाले गुरुयोजना सम्पन्नपछि अझधेरै बढ्ने सुवेदीको भनाइ थियो ।
शुभेच्छा न्यूज
पोखराा । सिद्धार्थ राजमार्ग अन्र्तगत पर्ने स्याङजाको फेदिखोला गाँउपालिकामा रहेको भालुपहाडलाई पर्यटकीय केन्द्र बनाइने भएको छ । गाँउपालीकाले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी करिब ४५ करोडको लागतमा निमार्ण हुने भालुपहाड पर्यटकीय गुरुयोजना सार्वजनिक गरेको हो ।
पोखरादेखि करिब २८, स्याङजाको वालीङदेखि ४५, पाल्पाको तानसेन बजारदेखि सय र लुम्बिनिदेखि करि एक सय ४० किलोमिटरको दुरीमा रहेको भालुपहाड रहेको छ । यस पहाडलाई लुम्बिनी, पोखरा र मुक्तिनाथ मन्दिरसँग जोड्ने उद्देश्यसहित गुरुयोजना तयार गरिएको हो ।
यस्तो छ गुरुयोजना
सिद्धार्थ राजमार्गसँगै बगेको आँधीखोलाले तीन तिरबाट घेरेको भालुपहाडमा जान करिब एक सय ७५ मिटर लामो अत्याधुनिक झोलुङे पुल निमार्ण गरिने भएको छ । त्यसपछि सिढी चढेर मुल गेटबाट भित्र पस्न सकिनेछ ।
भित्र आकर्षक पार्कसहितको फाउन्टेन, वाल उद्यान र चमेनागृह रहनेछन् । सोही पार्कभित्र एकातर्फ शिव र अर्कोतर्फ बुद्धको २३ फिट अग्लो मुर्ति हुनेछ भने दुई मुर्तिलाई जोड्न १० मिटर अग्लो र १४ मिटल लामो काठको पुल निमार्ण गरिने भएको छ ।
सेती नदिले तिन तिरबाट घेरेको पहाडबाट सेती नदिको किनारसम्मको ५० मिटरको दुरीमा २ सय ५० वटा सिढी निमार्ण गरिने र नदिमा स्र्टीमर संचालन गर्ने योजना गाँउपालीकालको रहेको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
यसैगरी जिप फ्ल्यायर, रक क्लाइबिङसमेत संचालन गरिने भएको छ । यसकासाथै त्यसका वरिपरि होम स्टेसमेत संचालन गरिने र यि सबै कामका लागि ४५ करोड खर्च लाग्ने सुवेदीले जानकारी दिए । योजना सम्पन्नपछि १ सय ५० जना बढीले रोजगारी पाउने भनाइसमेत सुवेदीको थियो ।
साढे तीन वर्षमा सम्पन्न गर्ने
स्थलगत अध्ययनपछि गुरुयोजनाको डिजाइन र लागत स्टमेट काठमाडौंस्थित ड्रिम डेभलपर्सले तयार गरेको हो । गुरुयोजनाको निमार्ण कार्य सुरु गरेको करिब साढे तीन वर्षभित्र सबै निमार्णको काम सकिने इन्जिनियर सन्दिप डोटेलले जानकारी दिए ।,यो खबर नयाँपत्रिकमा छापिएको छ ।
पिपिसि मोडलमा निमार्ण गरिने
गुरुयोजना सम्पन्न गर्न गाँउपालिकासँग प्रर्याप्त बजेट नभएकाले बहुवर्षे योजनामा राखेर निमार्ण कार्य सुरु गर्ने र पिपिसि मोडलमा निमार्ण हुने गाँउपालिकाका अध्यक्ष सुवेदीले जानकारी दिए । यो योजना सफल भए बुद्ध सर्किटसँग पनि जोडिने उनले बताए ।

Related