नक्कली फेसबुक आइडी बनाएर ब्रिटिश लाहुरे भन्दै ठगी गर्ने युवा पोखरामा समातिए
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । ब्रिटिश लाहुरे भएको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कास्कीले एक जनालाई प्रक्राउ गरेको छ।ब्रिटिश लाहुरे भएको भन्दै विभिन्न प्रलोभन देखाएरठगी गरेको आरोपमा प्रहरीले सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर २३ का ३२ वर्षीय बिर्ख बहादुर थापालाई पक्राउ गरेको हो।
उनले एक महिलाई पृथ्वीचोकको एक होटलमा बोलाएर शौचालय गएको बेला बाहिरबाट ढोका बन्दगरी महिलासंग ब्यगमा भएको ३ लाख ५० हजार नगर र ४ तोलाको सुनको गहना लगेको भन्दै पिडित महिलाले उजुरी दिए पछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
फेसबुक एकाउन्टमा करिब ५ सय महिला साथी मात्र रहेको र सबैलाई ब्रिटिश लाहुरे र नेपाल प्रहरीको सई हुँ भन्दै ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक रविन्द्र बहादुर गुरुङले बताए । निजकोबारेमा थप अनुसन्धान भइ रहेको उनले जानकारी दिए ।उनले योजनाबद्धरुपमा ठगी गर्दै आएका प्रहरी अनुशन्धानमा खुलेको छ
Related