• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेरि बन्दुक उठाउने मोहन वैद्यको चेतावनी

  •      /९ आश्विन २०७५, मंगलवार १३:३१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले फेरि बन्दुक उठाउनुपर्ने अवस्था आएको बताएका छन्। पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विशेष राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले क्रान्तिका लागि फेरि बन्दुक उठाउन जरुरी रहेको दावी गरे।

    ‘केही मान्छेहरु बन्दुक उठाउने कुरा गर्दा डराउने गर्छन। कोही डराउनु पर्दैन,’ उनले भने, ‘हिजो कांग्रेस, एमाले र सरकारमा रहेका रहेकाले पनि बन्दुक उठाएको हो। त्यसैले बन्दुक उठाउने कुरा गर्दा डराउनै पर्दैन।’

    उनले माओवादी आन्दोलनमा गद्दारी भएको दावी गरे। ‘अत्यन्तै विश्वास गरिएकाबाट नै धोका भयो,’ उनले भने, ‘इतिहासका नायकहरु खलनायक भए। जनयुद्धमा महत्वपूर्ण भूमिका खेल्ने साथीहरु घुम्दैफिर्दै रुम्जाटार भनेजस्तै संसदीय व्यवस्थामा आएका छन्। संसदीय व्यवस्थाको लागि यत्रो पसिना, रगत बगाउन आवश्यक थिएन।’

    उनले क्रान्तिकारीबीच एकता अभियान चालु रहेको बताए। ‘दक्षिणपन्थीहरु एकातिर भएको बेला अब क्रान्तिकारीबीच पनि एकता आवश्यक छ,’ उनले भने, ‘सत्तामा रहेका र यो सत्तालाई नमान्ने जो बाहिर छन् उनीहरुबीच एकता आवश्यक छ र वार्ता पनि भइराखेको छ।

    विद्रोहको निम्ति एकता आवश्यक छ।’अहिलेका प्रकाण्डमाथिको धरपकड हेर्दा पञ्चायत र जनयुद्धको सम्झना दिलाएको उनले बताए। ‘त्यसैले पनि बन्दुक उठाउन जरुरी छ। तर बन्दुक हिजो जसरी उठ्दैन। अब हजारौँ लामबद्द भएर नयाँ ढंगले बन्दूक उठाउनुपर्छ,’ उनले भने।

    उनले भ्रष्टाचार, बलात्कार, सुन प्रकरण लगायतका विषयमा केही गर्न नसक्दा बाम र कम्युनिस्टट खोल ओडेको सरकारको ढोंग उत्रिएको बताए। भने, ‘भ्रष्टाचारी, बलात्कार बढेको छ, ठूलो माछा साना माछा भन्ने कुरा उठे तर कसैले कुनै माछा छोप्न सकेको छैन। यसबाटा वाम र कम्युनिष्ट खोल ओडेका उनीहरुको ढोंग उत्रिएको छ।’

    उनले सरकारमा राष्ट्रियताका कुरा गर्ने रहे पनि दार्चुलामाथि ३१० किमी भन्दा धैरै भारतमा पारिएको विषयलाई वास्ता नगरेको भन्दै सरकारको आलोचना गरे।pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.