• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिस्कुट किन्न गएकी बालिका मृत फेला, बलात्कारको आशंका

  •      /९ आश्विन २०७५, मंगलवार १५:१२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरा महानगरपालिका वडा नं.२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनार मंगलबार बिहान घरनजिकै मृत भेटिएकी छन् । घटनाको प्रकृति हेर्दा स्थानीयले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन्।तर प्रहरीले भने पोष्टमार्टम रिपोर्टपछि मात्र बलात्कार भएनभएको पत्तालाग्ने बताएको छ।

    वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले हत्या भएको देखिएपनि रेप भएको बारे पोष्टमार्टम रिपोर्टपछि मात्र नै थाहा हुने बताए । उनले शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको बताए । ‘बलात्कार भए नभएको यसै भन्न मिल्दैन । प्रहरीले पत्ता लगाउने कुरा पनि भएन, उनले भने–मर्डर भएको छ । रेप चाहीँ अस्पतालको रिपोर्टले बताउला ।’

    सोमबार साँझ घरबाट बिस्कुट किन्न निस्केकी उनी नफर्केपछि परिवारले खोजी गरेको थियो । मंगलबार बिहान ८ बजेति छोरेपाटन प्रहरी चौकीमा आएर श्रेया हराएको भन्दै खोजी दिन आफन्तले निवेदन दिएका थिए ।

    बिहान ९ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मामा घरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा उनको शव भेटिएको हो । स्थानीयका अनुसार श्रेया बिस्कुट किन्न भनेर पसलतिर गएकी थिईन् तर फर्केर आईनन् ।

    बालिकाको निधारमा ढुंगाले हानेर हत्या भएको अनुमान गरिएको छ । शवको छेउमै रगत लागेको ढुंगा भेटिएको छ । तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको अवस्थामा थियो।

    बाबुले दोस्रो बिहे गरेपछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । उनी स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने विद्यार्थी हुन् ।
    श्रेयाको अनुहारमा चोटैचोट लागेको अवस्थामा शव भेटिएको हुँदा उनको हत्या भएकोमा कुनै शंका नरहेको डीएसपी कार्कीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.