पोखरा पुम्दीभुम्दीकी १० बर्षिया श्रीयाको हत्या बारे अभियुक्त कुशुमको बयान (भिडियो सहित)
तपाईको प्रतिक्रिया





पोखरा। पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी स्थित कोदी भन्ने ठाउँकी १० वर्षीया श्रीया विश्वकर्माको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका कुशुम पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकार सम्मेन गरी अभियुक्त पौडेललाई सार्वजनिक गरेको हो । पक्राउ परेका पौडेलले श्रीयालाई बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् ।
स्थानीय श्री लिला आधारभूत बिद्यालय कक्षा ३ मा अध्यानरत श्रीया नजिकै रहेको मामा कृष्ण सुनारको घरमा बस्दै आएकी थिइन् । साँझ साढे ५ बजेको समयमा बिस्कुट किन्न निस्किएकोमा बाटैमा उनको बलात्कार पछि हत्या भएको थियो ।बिस्कुट किन्न निस्किएकी श्रीया साँझसम्म घर नफर्केपछि उनको खोजिकार्य शुरु भएको थियो । तर, राती अबेरसम्म पनि उनको पत्तो लागेको थिएन ।
भोलिपल्ट बिहानैदेखी उनको खोजिकार्य शुरु गरिएकोमा मंगलबार बिहान सवा ८ बजेको समयमा कोदी स्थित वरालहरुको कुल मन्दिरको पूर्ब तर्फ रहेको भिरालो जंगलमा घोप्टो परेको अवस्थामा शब फेला परेको थियो ।
सोमबार दिउँसो ११ बजेदेखी नै स्थानीय हेम बहादुर विकको भट्टीमा कुसुम पौडेल, प्रकाश वराल लगायतका ब्याक्तिहरु रक्सी पिएर बसिरहेका थिए । झन्डै १ घन्टा उक्त भट्टीमा रक्सी पिएपछि बाँकी रक्सी लिएर माथी डाँडा रहेको उदय केसीको घरमा गई पुनः रक्सी पिउन थाले, त्यतिबेलासम्म अर्का साथी राजकुमार विक पनि रक्सी पिउने कार्यक्रममा मिसिन आइपुगेका थिए ।
रक्सी धेरै नै पिएकाले कुसुमलाई रक्सीको नशाले लट्ठ पारिसकेको थियो । अन्दाजी ४ :४५ बजे त्यहाँ बाट निस्किएपछि कुसुम चुरोट किन्न भनि तल पसल तीर झर्दै थिए। झर्दै गर्दा कुसुमले श्रीया पनि तल ओर्लंदै गरेको देखे । मन्दिर सहित नजिकै रहेको पुरानो घर अगाडी पुगेर कुसुमले श्रीयालाई चकलेट खाउ भनेर ५ रुपैया दिए ।
त्यसपछि कुसुमले १० मिटर तल रहेको अर्को पुरानो घर र सेफ्टी ट्यांकीको बीचमा पुगेर पुनः १० रुपैयाँ देखाएर ललाईफकाई जबर्जस्ती गर्न थाले, उनको जबर्जस्ती पछि श्रीयाले प्रतिकार गरिन ।
श्रीया चिच्याउन थालेपछि कुसुमले उनलाई समातेर झाडीमा फाले र उनको कपडा खोलेर जबर्जस्ती गर्न थाले । पीडाले श्रीया फेरी कराउन थालिन । अरुले थाहा पाउने डरले कुसुमले दुवै हातले उनको घांटी थिचेर जबर्जस्ती गर्न थाले ।
घांटी थिचिएपछी श्रीया बेहोस भइन, बेहोस उनलाई देखेपछी कुसुमले मरी भन्ने ठानेर नजिकै रहेको ढुंगाले टाउको र अनुहारमा हिर्काए र ढुंगाले टाउको थिचे.
Related