श्रेयालाई बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी पक्राउ
/१० आश्विन २०७५, बुधबार ०३:५५ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कास्कीले हत्यारालाई पक्राउ गर्न सफल भएको छ।
श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले २४ घण्टा भित्रै अपराधिलाई समाउन सफल भएको हो।बालिकाको हत्यापछि प्रहरीले अनुसन्धानको लागि करिब आधादर्जन लाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो।
श्रोतका अनुसार श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेको खुलेको छ। पक्राउ पर्नेहरु सबै पुम्दीभुम्दीकै हुन् ।श्रेयाको हत्यामा संलग्न अभियुक्त पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए। अभियुक्तको वारेमा पत्रकार सम्मेलन गरी जनाकारी गराउने कार्कीले बताए।
सोमबार साँझदेखि हराएकी श्रीया विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिईन् । लामो समय सम्म घर नफकेएपछि उनका आफन्तले खोजी तीब्र पारेका थिए। मंगलबार बिहानै उनलाई झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएको थियो ।

Related