• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१६ घण्टा भित्रै अपराधि पक्राउ गरेर प्रहरीको गिर्दो शाख जोगायो कास्की प्रहरीले

  •      /१० आश्विन २०७५, बुधबार १४:३३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । झण्डै २ महिना सम्म कन्चनपुरकी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेर आलोचित भएको नेपाल प्रहरीले पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया श्रेया बिक (सुनार) को हत्यारालाई एक दिनमै पक्राउ गरेर स्यावासी कमाएको छ।

    कंचनपुर घट्नाबाट गिरेको नेपाल प्रहरीको शाखलाई कास्की प्रहरीले पुम्दीभुम्दीकी श्रेया लाई बलात्कारपछि हत्या गर्ने अपराधि कुशुम पौडेललाई तत्कालै पक्राउ गरी वाहइवाहई कमाएको हो।

    कास्की प्रहरीको कमाण्ड सम्हालेका ओमराना सहित डिएसपी द्धय रविन्द्र गुरुङ र नविन कार्की सहितको टोलीले अपराधिको पहिचाहन गर्न सफल भएको हो / घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै सफलता हात परेको हो ।

    कास्की प्रहरीले उनकै छिमेकी २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरि बुधबार सार्वजनीक गरेको हो । सोमवार साँझदेखि हराएकी बालिका श्रेया विकको बलात्कारपछि हत्या भएको थियो।

    मामाघरमा बस्दै आएकी बालिका सोमवार साँझ ६ बजेतिर पसलमा बिस्कुट किन्न गएकी थिइन्। रातीसम्म नफर्किएपछि परिवारले मंगलवार बिहान प्रहरीमा खबर गरेका थिए। प्रहरीले खोजी गर्दा मंगलवार बिहान बालिका हत्या गरिएको अवस्थामा भेटिइन्।

    प्रहरीले अनुसन्धानको क्रममा कुसुम सहित पाँच जनालाई पक्राउ गरेको थियो। तर अनुसन्धानको क्रममा पौडेल मात्र दोषी देखिएका छन् । कास्की प्रहरीका अनुसार पौडेलले घटनामा संलग्न भएको स्विकार गरिसकेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले उनी सहित अन्यलाई अनुसन्धान गरिएको भएपछि अन्यदोसी नदेखिएको बताए । रानाले प्रहरीले बेलैमा अपराधीलाई खोजी गरि पक्राउ गरेको बताए । उनले बिहान देखीनै रक्सी खाएर मातेका पौडेलले बलत्करा गर्ने खोजे पछि प्रतिका गर्दा घटना भएको बताए ।
    सोमबार साझँबाट हराएकी श्रीयाको मंगलबार बिहान शव भेटिएको थियो ।

    घटना भएको दिन कुसुमले बालिकालाई बाटोमा भेटी ५ रुपैयाँको चकलेट खाउ भनी दिएको थिए। त्यहाँबाट करिव १० मिटर तल एउटा पुरानो घर र पानी ट्यांकी बिचमा बोलाई पुन १० रुपैयाँ देखाई प्रभोलनमा पारी जबर्जस्ती गर्न खोजेको प्रहरी अनुसन्धानमा देखिएको छ। बालिकाले प्रतिकार गर्न खोजेपछि उनले पानी ट्याङकी मुनि रहेको झाडीमा धकेलेका थिए।

    त्यसपछि पौडेलले कपडा खोली जबरजस्ती गर्न खोज्दा बालिका चिच्याउन थालेपछि घाँटी दुबै हातले थिचेको र केहि समयपछि बाया हातले घाँटीमा नै थिचेको प्रहरी अनुसन्धानमा खुलेको छ।बालिका बेहोस भएपछि पौडेलले ढुंगाले अनुहार, टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएकोछ।

    प्रहरीले हत्याराको खोजी गर्न तालिमप्राप्त कुकुर परिचालन गरेको थियो । कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो । त्यसैले प्रहरी छिमेकी नै संलग्न भएको निचोड निकालेर अनुसन्धान गरेको थियो।घटनास्थलबाट श्रीयाको मामाघर २ मिनेट जति फरकमा छ भने अभियुक्त पौडेलको घर ५ मिनेट दुरीमा पर्दछ ।

    यस घट्नाको अनुसन्धानमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्की, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्र गुरुङ र कास्की प्रहरीका प्रमुख ओम राना सहितको टोलीले गरेको थियो । घटनामा संलग्नलाई कडाभन्दा कडा कार्वाहीको माग राख्दै स्थनीयहरुले बिरोध जुलुससहित प्रहरी कार्यालय अगाडी धर्ना दिएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.