• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा चाडबाड नजिकएपछि ट्राफिक जाँचमा कडाइ

  •      /१० आश्विन २०७५, बुधबार १३:५५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पर्वत — जिल्लाका मुख्य सडकमा सुरक्षा तैनाथी र ट्राफिक नियम पालनाको जाँचमा प्रहरीले कडाइ गरेको छ । मुक्तिनाथको दर्शनका लागि स्थलमार्ग प्रयोग गर्ने यात्री र चाडबाडमा गाउँ फर्कने सर्वसाधारणको यात्रा सहज गराउने उद्देश्यले कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    ग्रामीण सडकमा लाइसेन्स नै नभएकाहरूले गाडी चलाउने, क्षमताभन्दा बढी चढाउने, छत र छेउछाउमा यात्रु झुन्ड्याउने, मादकपदार्थ सेवन गरी सवारी चलाउने र बढी भाडा लिने सवारीमाथि निगरानी बढाइएको हो । ट्राफिक प्रहरीले मुख्य राजमार्गमा समेत जाँचमा कडाइ गरिएको जनाएको छ ।

    ‘मुख्यगरी ग्रामीण सडकमा फोकस गरिएको छ,’ ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले भने, ‘गाउँमा बिनारुट परमिट चल्ने गाडीले धेरै कमजोरी गर्छन् ।’ मध्य पहाडी लोकमार्गको पर्वत खण्ड र मालढुंगा–बेनी सडकमा पनि चौबीसै घण्टा निगरानी गरिएको उनले बताए । मंगलबारदेखि सुरु हुने सोह्र श्राद्धका अवसरमा मुस्ताङको कागबेनीस्थित कालीगण्डकी किनारमा पिण्ड दिने तीर्थालुको भीड लाग्छ ।

    पितृतर्पणका लागि पुग्ने श्रद्धालुको भीडले आइतबारदेखि नै पोखरा–बागलुङ सडकमा सवारीको चाप सुरु भइसकेको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्गका कारण राजमार्गमा दिउँसोको समयमा दैनिक ७ घण्टा सडक जाम हुने गरेको छ । स

    राजमार्गमा खटिएका ट्राफिक प्रहरीले टाढाका चालक र यात्रुलाई गन्तव्यसम्म पुग्ने सडकमा हुने सम्भावित अवरोध, सडकमा आइपर्ने समस्या र बस्ने स्थानबारे समेत जानकारी गराउँदै आएका छन् ।

    त्यसबाहेक राजमार्गमा हुनसक्ने सम्भावित दुर्घटनाबाट जोगाउन ‘चालकसँग एक मिनेट’ कार्यक्रमसमेत सञ्चालन गरिएको छ । चालकलाई सडकको दायाँ–बायाँ टाँगिएका ट्राफिक बोर्ड, चिह्न, घुम्ती र साँघुरा सडकमा सवारीको गति, जेब्राक्रस, भीर र सम्भावित पहिरोबारे जानकारी दिने गरिएको ट्राफिक प्रमुख रानाभाटले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.