श्रीमतीको हत्या गरी भाग्दै गरेका गुरुङ गगनगौडाबाट पक्राउ
/११ आश्विन २०७५, बिहीबार ०४:४१ , प्रकाशीत
पोखरा । लेखनाथ खुदी सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर भाग्दै गरेका यान बहादुर गुरुङलाई कास्की प्रहरीले घटना घटेको दुइ घण्टा भित्र पक्राउ गर्न सफल भएको छ ।
बिहीबार बिहान पख आफ्नो श्रीमती अन्दाजी ६० वर्षिय श्रीमाया गुरुङको हत्या गरी भाग्दै गर्दा कास्की प्रहरीको सादा पोशाकमा खटिएको विशेष टोलीले कास्कीको सिमाना गगनगौडाबाट पक्राउ गरेको कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले वताए ।
बिहीबार बिहान पख आफ्नो श्रीमतीलाई मारेर बोरामा पोको पारी घरनजिकै फालेर गुरुङले आफुले श्रीमतीलाई मारेको खवर छिमेकीलाई भनेर भागेको स्थानियले वताएका छन । शवको प्रहरीले मुचुल्का तयार गरी पोष्टमार्टमको लागी पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

Related