• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटनले राष्ट्रको छवी बढाएको छः मन्त्री लम्साल

  •      /११ आश्विन २०७५, बिहीबार १४:३२ ,  प्रकाशीत
  • माधब पराजुली,
    तनहुँ / गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपालको पर्यटनले राष्ट्रको छवी बढाएको बताएका छन् । बिश्व पर्यटन दिवसको अवसरमा पाेखराकाे काँहु डाडा र तनहुँकाे दमाैलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले देशमा विदेशी मुद्राको आर्जन, ब्यक्तिगत आयको श्रोत, सांस्कृतिक आदानप्रदानका साथै राष्ट्रको छवी वढाउन पर्यटनले ठुलो मद्दत गर्दै आएको बताए ।

    पर्यटनले पर्यटकहरुमा नया उत्साह र ज्ञान अनि गन्तब्यमा आर्थिक र सामाजिक विकास भइरहेको उनको भनाई थियो । यद्यपि नेपालमा पर्यटनको अधिक संभावना हुदाहुदै पनि पर्यटनवाट उचित लाभ भने लिन नसकेको बताउदै मन्त्री लम्सालले प्रदेश सरकारले प्रदेश भित्र रहेका सबै पर्यटकिय प्रोडक्टलाई व्यवस्थीत गर्ने बताए । पर्यटन संसारको सबैभन्दा ठूलो उधोग रहेको चर्चा गर्दै नेपालमा पर्यटन बाटनै विकास,परिर्वतन र समृद्धि प्राप्त गर्न सकिने बताए ।

    जातजाति,भाषाभाषी,संस्कृतिकाे संरक्षण गर्नुका साथै पर्यटकीय स्थलकाे पहिचान गर्दै संरक्षण र व्यवस्थित गर्न प्रदेश सरकारले याेजना काेरिसकेकाे बताए ।पर्यटन बाट रोजगारीको श्रृजना गर्दै देशलाई समृद्धशाली बनाउन सकिने बताउदै पर्यटनको क्षेत्रमा थप व्यवस्थीत काम गर्दै पर्यटनको फाइदा सबैजनताले प्राप्तगर्न पाउने गरी काम गर्ने बताए । स्रोत,साधन र पुजीकाे कमी हुदाँ हुदै पनि प्रदेश सरकारले कम लगानीमा ठुला गाैरवका अायाेजनाहरु निर्माण गर्न लागेको बताए ।

    “प्राकृतीक सम्पदा र संस्कृतिले हामी एकदमै भरिपुर्ण छौ तर धेरैजसो प्राकृतीक मनोरम दृश्यावलोकनकालागी दुर्गम ठाउ जानुपर्दछ, त्यस्ता ठाउहरुमा सहज यातायातको व्यवस्था छैन मन्त्री लम्साललेभने” सडक आगमन सहज र व्यवस्थीत बनाउदै पर्यटकीय स्थलहरुमा होटल, स्वास्थ्य सुबिधा अनि सुरक्षाको उचित प्रबन्ध मिलाईने बताए’ । गण्डकी प्रदेशमा सहज, सुलभ र सुरक्षित पर्यटनका आधारहरु खडागर्न जरुरत रहेको उनको भनाई थियो ।

    मन्त्री लम्सालले पर्यटकलाई सम्मान गर्नुपर्ने बताए । ‘अतिथि देवो भवः अर्थात पाहुना हाम्रा भगवान हुन मन्त्री लम्सालले भने’ हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरु आरोहण गर्न, पदयात्रागर्न, धार्मिक पर्यटन गर्न अन्य विभिन्न क्षेत्रको अवलोकन गर्न लाखौँ पर्यटकहरु नेपाल आउनेगर्दछन तिनीहरु लाई सबैले न्यानो आथित्यता प्रदान गर्नुपर्दछ” । बिदेशी पर्यटक देख्नासाथ व्यवसायीहरुले महंगो रकम लिने वा ठग्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.