शान्त पोखरा एकएक अपराधका घट्ना बढ्नथाले ; खोलाकोछेउमा श्रीमानद्धारा श्रीमतीको हत्या
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा। शान्त रहेको पोखरामा एकपछि अर्को हत्याको शृडखला बढ्नथालेको छ। पुम्दीभुम्दीको बलात्कारपछि हत्या गरिएको बालिकाको घट्ना सेलाउन नपाउदै फेरी पोखरा ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।
बुधबार साँझ ५५ बर्षिय यानबहादुर गुरुङले आफ्नै श्रीमति ६० बर्षिया श्रीमाया गुरुङको हत्या गरेका हुन् /हत्या गरेपछि बोरामा पोको पारेर फालेको स्थानीयले बताएका छन् ।
श्रीमानले ‘मैले बुढीलाई मारें भनेर घरबाट निस्किएका थिए तर उनी अहिलेसम्म घर नफर्किएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ।घटनाबारे अनुसन्धान चलिरहेको छ । कास्की प्रहरी प्रमुख ओम राना सहितको टोलि घटनास्थल पुगेर आवस्यक अनुसन्धानमा जुटिरहेको छ ।
Related