• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा प्रिमियर लिगमा मालिक र मार्की खेलाडी छनौंट

  •      /१२ आश्विन २०७५, शुक्रबार ०३:०९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । कार्तिक ९ देखी २० सम्म पोखरामा हने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट’ प्रतियोगिताको तयारी तिब्र पारिएको छ। प्रतियोगिताका लागि आयोजकले बिहिबार टीमको स्वामित्व र मार्की खेलाडी सार्वजनिक गरेको छ। क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालि काठमाडौको आयोजनामा हुने प्रतियोगिता पोखरा रंगशालामा हुने छ।

    जहाँ ६ टोलीले प्रतिष्पर्धा गर्ने छन्, टीमको स्वामित्व र मार्की (रणनीतिक) खेलाडी सार्वजानिक भएसँगै अब अक्सनमार्फत खेलाडीहरुको लिलामी आइतबार हुने छ। प्रतियोगितामा देशका विभिन्न ६ शहरका ६ ‘फ्रेन्चाइज बेस’ टिमले प्रतिस्पर्धा गर्ने छन्। पोखरासँगै काठमाडौ, विराटनगर, बुटवल, नेपालगन्ज र धनगढीका टिमले प्रतिस्पर्धा गर्ने भएका छन्।

    घोषणा गरिएको टोलीको नाम पोखरा पल्टन, हुलास काठमाडौं रोयल्स, चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, एक्पर्ट धनगढी ब्लुज रहेका आयोजक क्विन्सका प्रबन्ध निर्देशक छुब्बी लामाले जानकारी दिए।

    पोखराको स्वामित्व व्यवसायी विनायक पोखरेल सहितको टोलीको रहेको छ भने मार्की खेलाडीमा शरद भेषवाकर, काठमाडौँको स्वामित्व राज्यलक्ष्मी गोल्छा र मार्की खेलाडी ज्ञानेन्द्र मल्ल, चितवनको टोली स्वामित्व युवा व्यावसायी राहुल महरासहितको टोलीको रहेको छ /

    मार्की खेलाडीमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, विराटनगरको स्वामित्व पूर्व क्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टोलीको रहेको छ भने मार्की खेलाडी सन्दीप लामिछाने, बुटवलको स्वामित्व रामबहादुर विष्टसहितको टोलीको रहेको छ भने टोलीको ‘मार्की प्लेयर’ सोमपाल कामी रहेका छन्।

    यसै गरि धनगढीको स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छ्न्। आयोजकले सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर , क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरेको छ। क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई राखिएको छ/

    क्याप्ड एज लेभलमा (यू–१५, यू–१७, यू–१९, यू–२१ र यू–२३) टिमको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ। यसै गरि अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टिमबाट खेलेका बाहेकका खेलाडीलाई राखिएको लामाले जानकारी दिए।

    आयोजकले क्याप्ड सिनियर खेलाडीको न्यूनतम ५० हजार र अधिकतम २ लाख ५० हजार रुपैया राखेको छ । क्याप्ड एज लेभलको न्यूनतम मूल्य ५० हजार र अधिकतम मूल्य १ लाख ५० हजार निर्धारण गरेको छ भने अनक्याप्ड श्रेणीको खेलाडिहरुको न्यूनतम ३० हजार र अधिकतम १ लाख रुपैया तेकेको छ।

    प्रतियोगितामा सहभागी हुने टिम, मार्की प्लेयर र खेलाडी अक्सनको गर्ने तयारी समेत अन्तिम चरणमा पुगेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लायन्स डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालको पहिलो क्याविनेट बैठक पोखरामा सम्पन्न
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    मापदण्ड पुगेका मासु पसललाई बोर्ड वितरण, उत्कृष्ट कृषकलाई सम्मान

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.