वातावरणका नाममा विकास रोक्न मिल्दैन : मन्त्री अधिकारी
/१२ आश्विन २०७५, शुक्रबार ०६:०९ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वातावरण संरक्षणका नाममा विकासलाई रोक्न नसकिने बताएका छन् ।विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सरकार वातावरण संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, “निजगढ विमानस्थलका विषयमा उठिरहेका जायज चासो सम्बोधन गर्न सरकार तयार छ । तर, वातावरणकै नाममा विकास रोक्न सकिंदैन ।” उनले निजगढ विमानस्थल सात वर्षमा निर्माण सम्पन्न गर्ने गरि मन्त्रालयले गृहकार्य गरिरहेको पनि बताए ।
विश्व पर्यटन संगठनले सन् १९७९ सेप्टेम्बर २७ बाट पर्यटन दिवस मनाउन शुरु गरेको थियो । यस पटकको ३९औं पर्यटन दिवसको नारा ‘डिजिटल ट्रान्सफर्मेशन’ रहेको छ ।कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले प्रविधिलाई पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा लगाउनुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डले यो वर्ष २० पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि डिजिटल ट्रान्सफर्मेसन सम्बन्धी कार्यक्रम गर्ने जनाएको छ ।त्यस्तै बोर्डले पर्यटन दिवसका अवसरमा ‘पर्यटन उद्यमी सिड क्याम्प’ कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यक्रम अन्तर्गत २९ असोजभित्र पर्यटनका क्षेत्रमा नविनतम व्यवसायीक योजना नेपाल पर्यटन बोर्डमा पेश गर्नुपर्ने छ ।बोर्डले उत्कृष्ट २० नविनतम व्यवसायीक योजनालाई लगानीको सुनिश्चितता दिने जनाएको छ ।

Related