• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अमेरिकामा बस्ने नेपालीले नौटंकी देखाए : योगेश भट्टराई

  •      /१३ आश्विन २०७५, शनिबार ११:२९ ,  प्रकाशीत
  • नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउने नेपालीप्रति रोष प्रकट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भट्टराईले सभ्य देशमा बसेका नेपालीले असभ्य, गैरजिम्मेवार, भद्दा र नौटंकी चरित्र देखाएको भन्दै खेद प्रकट गरेका हुन् ।

    ‘देशभित्र प्रधानमन्त्रीलाई कालोझण्डा देखाउनुलाई सामान्य रुपमा लिनुपर्छ र राज्यले नागरिकको त्यो अधिकारको सम्मान र रक्षा गर्नुपर्छ,’ उनले लेखेका छन्, ‘तर लोकतान्त्रिक निर्वाचनको माध्यमबाट निर्वाचित, जनअनुमोदित, राजनीतिक तथा संवैधानिक वैधताप्राप्त प्रधानमन्त्री, जो सिङ्गो राष्ट्रको प्रतिनिधिका रुपमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न जाँदा नेपाली भनिनेहरुबाटै विरोधको असभ्य र भद्दा नौटंकी देखाइनु निन्दनीय र खेदजनक विषय हो ।’

    केही दिनअघि अमेरिकामै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कालोझण्डा देखाएको घटनाप्रति पनि योगेशले आपत्ति जनाएका छन् । ‘हालै प्रधानमन्त्री केपी ओली र केही दिनअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईप्रति गरिएको व्यवहार नेपाली परम्परा, संस्कृति र सभ्यतामाथिको अतिक्रमणका रुपमा मैले बुझेको छु,’ उनले लेखेका छन्, ‘फेरि पनि भन्छु, उनीहरुको फरक विचारको म सम्मान गर्छु तर पराइको भूमिमा यो व्यवहार स्वीकार्य हुन सक्दैन ।’

    newskarobar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.