दुलेगौडा। लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनको आयोजनामा हुने प्रथम लायन्स महोत्सवको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन् ।
क्लबले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता दुर्गा कुमार श्रेष्ठले सो जानकारी दिएका हुन् । हाल सिंगापुरमा रहेको प्रचण्ड केहि दिनपछि नेपाल फर्कने छन् । सिंगापुर जानु अघिनै प्रमुख अतिथीको निम्तो दिएको आयोजकले जनाएको छ ।
असोज १९ देखि २७ गतेसम्म भानुभक्त बहुमुखी क्याम्पस परिसर बेलचौतारामा महोत्सव हुदै छ । महोत्सवमा भएको आम्दानी सबै सामाजिक सेवामा खर्चिने क्लवका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठ जानकारी दिए । ‘यस महोत्सवबाट बचत भएको रकम संस्थाको लागि राखिदैन उनले भने–महोत्सवकै अवसरमा हुने सामाजिक काममा खर्चिने प्रतिवद्धता व्यक्त गर्दछु ।’
सामाजिक सेवा संगै आर्थिक बिकासको पूर्वाधार, लायन्स महोत्सव सम्वृद्व शुक्लागण्डकीको आधार भन्ने मुल नारासहित महोत्सव सञ्चालन हुन लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष प्रदिप थापाले लायन्स महोत्सव अन्य महोत्सवको तुलानमा फरक हुने दाबी गरे । ‘लायन्स महोत्सवले आर्थिक पक्षलाई मात्रै जोड दिदैन्’ थापाले भने, ‘सामाजिक सेवाका लागी पनि महोत्सव गर्न लागेका हौँ ।’

Related