गण्डकी प्रदेशको लोगो भयो तयार, के यसले सवैलाई समेट्न सक्छ ?
/१५ आश्विन २०७५, सोमबार १५:११ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा। गण्डकी प्रदेश सरकारको प्रतिक चिन्ह (लोगो) छनौट भएको छ । प्रदेश लोगो तथा पोशाक सिफारिस समितिको गत भदौ ३० गते बसेको बैठकले गोरखाका विनित रानामगरले तयार गरेको लोगोलाई सर्वोत्कृष्ट सहित छनौट गरेको हो ।
समितिले प्रदेशको लोगो निर्माणका लागि गएको साउन २१ गते अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गरिएअनूरुप प्राप्त लोगोमध्ये उत्कृष्ट एक छनौट गरिएको समितिका संयोजक मायानाथ अधिकारीले बताए ।
प्रतिस्पर्धामा सफल निवेदक रानामगर सहित ५ जनाको विभिन्न १२ वटा लोगो समितिलाई प्राप्त भएका थिए । उत्कृष्ट लोगो घोषित भएका रानामगरले २५ हजार रुपैयाँ इनाम पाउने प्रदेश सचिवालय स्रोतले जनायो ।
त्यस्तै, समितिको बैठकले प्रदेश सांसदहरुले प्रयोग गर्ने पोशाक खैरो रंगको कपडा छनौट गरी कार्यव्यवस्था परामर्श समितिमा पेस गर्ने निर्णय गरेको छ ।

Related