• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निर्मला पन्तको हत्यारा छिट्टै कानुनी कठ्घरामा आउँछन् : सांसद बस्नेत

  •      /१५ आश्विन २०७५, सोमबार १४:१९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । संघीय संसद्का सांसद महेश बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्यबाहिर आएरै छाड्ने बताएका छन् ।

    सरकारले पहिलोपटक मातहतका एसपी, डिएसपीलगायत नौ जनालाई निलम्बन गरेर घटनाको अनुसन्धान गरिरहेकाले समय लागे पनि घटनामा संलग्नको पहिचान भई छाड्ने भनाइ उनको छ ।

    प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वउद्योगमन्त्रीसमेत रहेका सांसद बस्नेतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही घटनाको उदाहरण दिँदै निर्मला पन्तको घटनाको पनि वास्तविकता पत्ता लाग्ने र दोषीलाई कारवाही हुने भनाइ राखेका हुन् ।

    ‘१३ वर्षपछि रानीवन हत्याकाण्ड पत्ता लाग्यो, रणबहादुर बमको घटना पत्ता लाग्न पनि तीन वर्ष समय लाग्यो’, बस्नेतले भने, ‘थुप्रै राष्ट्रिय÷अन्तर्राष्ट्रिय घटना छन्, जसको वास्तविकता पत्ता लाग्न समय लागेको छ । कञ्चनपुर घटनामा पनि ढिलाइ हुन सक्दछ तर दोषी पत्ता नलाग्ने भन्ने हुँदैन ।’

    पहिला बलात्कारलगायत महिला हिंसाका घटना भित्रभित्र मिलाउन दबाब दिएर दबाउने गरिए पनि अहिले महिला चेतना बढेको कारणबाट घटना सार्वजनिक भएर कानूनी दायरा र प्रक्रियामा आउन थालेको सांसद बस्नेतको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.