• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

किन एकाएक कुद्ध बन्यो कास्की काँग्रस, सोध्यो पालिखेलाई स्पष्टिकरण

  •      /१५ आश्विन २०७५, सोमबार ०३:३७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा।नेपाली कांग्रेस कास्कीले पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेलाई स्पष्टीकरण सोधेको छ । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस समर्थित अध्यक्ष पदका उम्मेद्वार रवीन्द्रबहादुर प्रजु पराजित भएलगत्तै बसेको कास्की कांग्रेसको बैठकले पालिखेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    सभापति कृष्ण केसीको हस्ताक्षरित पत्र पठाउदै ‘तपाईंको आचरण र व्यवहारका कारण तपाईंलाई किन कारबाही नगर्ने ?’ भन्ने भाषा लेखिएको छ । तर कुन घटना वा कारणले पालिखेको आचरण व्यवहार ठिक नभएको हो भन्ने केही खुलाइएको छैन ।

    स्रोतका अनुसार पत्र पाएलगत्तै पालिखेले सभापति केसीलाई नै प्रश्न गर्दैै पत्र पठाएका छन् । केसीले प्रयोग गरेको भाषाप्रति उनले आपत्ति जनाएका छन् । ‘मेरो आचरणमाथि प्रश्न उठाइएकोमा घोर आपत्ति जनाउन चाहन्छु,’ पालिखेले भनेका छन्, ‘मलाई के कति कारणले यस्तो पत्र पठाइएको हो, बुँदागत रुपमा लिखित जानकारी गराउनु हुन अनुरोध छ ।’

    असोज ६ गते सम्पन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा २ प्यानलबीच प्रतिस्पर्धा भएको थियो । एउटा प्यानललाई नेकपा र अर्कोलाई नेपाली कांग्रेसले समर्थन गरेका थिए । नेकपाको समर्थन प्राप्त अध्यक्षका प्रत्यासी दामु अधिकारीले कांग्रेस समर्थित उम्मेद्वार प्रजुलाई सात मतको अन्तरले पराजित गरेका थिए । अध्यक्षबाहेक सबै पदाधिकारी प्रजु प्यानलले जितेको छ ।

    कास्की कांग्रेसले अध्यक्षमा मात्र ७ मत अन्तरले आफ्नो उम्मेद्वारको पराजय हुनुमा पालिखेको भूमिका मुख्य रहेको ठहर गर्दै पत्र पठाएको हो । सभापति केसीले जिल्ला कार्यसमिति र कार्य समिति बाहिरका नेता तथा कार्यकर्तासँग छलफल गरेर यस्तो पत्र पठाउने निर्णय गरेका हुन् ।

    यसरी चरम राजनीतिको शिकार बन्न पुगेको पोखरा उद्योग बाणिज्य संघको मत परिणाम सार्वजनिक भएपछि पनि दुवै पार्टी चुकचुकाएका छन् । नेकपा समर्थित प्यानलले अध्यक्षसहित ६ सदस्य मात्र जितेकाले हारेको महसुस गरेको छ ।

    २ तिहाइभन्दा बढी सिटमा जित हासिल गर्दा पनि अध्यक्ष गुमाउनु परेकाले कांग्रेसले पनि पराजित भएको अनुभूति गरेको छ । त्यसैको पछिल्लो कडीका रुपमा कास्की कांग्रेसले निवर्तमान अध्यक्ष पालिखेलाइ स्पष्टीकरण सोधेको हो ।
    समाधान दैनिक

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.