स्याङजा चापाकोटको स्वामी मुनि देखी बेलचौर सम्मको कालोपत्रे हुने
/१६ आश्विन २०७५, मंगलवार ०५:१५ , प्रकाशीत
शुभेच्छा न्यूज
स्याङजा : स्याङजाको चापाकोट नगरपालिकाले नगर क्षेत्र भित्र कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिएको छ । सुन्तलीटार स्वामी मुनि देखी शिव मन्दिर बेलचौर सम्मको बाटो कालोपत्रे हुने भएको हो ।
नगरपालिकाको ३६ लाख स्थानियको ६ लाखको लागत सहभागितामा कुल ४२ लाखको लागतमा ४०० मिटर बाटो पक्की हुने भएको छ ।बाटो निर्माण समितिका अध्यक्ष सरस्वती भटराईको अध्यक्षतामा भएको बाटो शिल्यान्यास कार्यक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरीले विकास निर्माणमा एकताका साथ अघि बढनु आजको आवश्यकता भएको बताए।
सल्लाह र सहमतिमा एकताका साथ चापाकोटको विकास छ, म काँग्रेस पार्टीबाट चुनाव लडेर मेयर बने पनि अब सबै चापाकोट बासीको साझा व्यक्ति हुँ उनले भने। सबैजना मिलेर चापाकोटलाई सुन्दर नगरी बनाऊँन सवै लाग्नुपर्छ।

Related