नेविसंघद्वारा निर्मलाका हत्यारा पक्राउको माग गर्दै कञ्चनपुर बन्द
/१६ आश्विन २०७५, मंगलवार ०४:३६ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधी पक्राउ नपरेको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कञ्चनपुर बन्द गराएको छ ।
हत्याको ६८ दिन वित्दापनि हत्यारा पक्राउ नपरेको भन्दै हत्यारा पक्राउ गर्नुपर्ने, अनुसन्धानका क्रममा प्रमाण मेटाउने प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने लगायतका मागहरु राखेर नेविसंघ कञ्चनपुरले एकदिने जिल्ला बन्द गरेको हो ।
नबन्दका कारण बिहानैदेखि कञ्चनपुर जिल्लाको जनजीवन प्रभावित बनेको छ । बजार, व्यवसाय, कलकारखाना, उद्योगधन्दा, शिक्षणसंस्था बन्द छन् । यातायातका साधनहरुचलेका छैनन् ।
लामोदूरीबाट आएका सवारी साधनहरुलाई भने सदरमुकाम प्रवेश गर्न दिइएको भएपनि महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सवारी साधनसञ्चालनमा रोक लगाइएको छ ।
नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले निर्मला पन्तको बलात्कार र हत्या घटनाको अहिलेसम्म पनि प्रहरीले अपराधी पक्रन नसकेको र अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने प्रहरीका अधिकृतहरु समेतलाई कारबाही गर्न भन्दै एकदिने कञ्चनपुर बन्द गरिएको बताए।

Related