• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बलात्कार घटनामा गलत रिपोर्ट दिने दुई डाक्टर कारबाहीका लागि सिफारिस

  •      /१६ आश्विन २०७५, मंगलवार ०५:४७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । बलात्कारको घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई चिकित्सक कारबाहीका लागि सिफारिस गरिएको भएका छन्। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको संयोजकत्वमा रहेको सरकारवादी फौजदारी मुद्दाको काम कारवाहीमा समन्वय समितिले जिल्ला प्रहरी कार्यालय धनुषाको पत्राचार अनुसार दुई चिकित्सकलाई कारबाहीको सिफारिस गरेको हो।

    धनुषा जनकनन्दनी गाउँपालिका २ बस्ने करण मण्डलले जबर्जस्ती करणी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पताल सिराहाबाट प्राप्त भएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक परेको पत्राचार प्रहरीले महान्यायाधिवक्ता कार्यालयमा गरेको थियो। अञ्चल अस्पतालका डाक्टरहरूले अनुसन्धान कार्यलाई प्रभावित हुने गरी रिपोर्ट दिएको भनी प्रहरीले पत्राचार गरेको थियो।

    महान्यायाधिवक्ता खरेल नेतृत्वको समितिले जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाहीका लागि मेडिकल काउन्सिललाई सिफारिस गर्ने निर्णय गरेको हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.